चेल्सीमाथि टोटनहमको दुर्लभ जित

काठमाडौं । टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २–० को जित रचेको छ । पछिल्लो ३६ वर्षमा चेल्सीविरुद्ध टोटनहम विजयी रहेको यो दोस्रो पटक मात्र हो । कोल पाल्मारलाई रातो कार्डमा गुमाएर दस खेलाडीमा सीमित चेल्सी गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोलले पछाडि परेको थियो । स्टायफोर्ड ब्रिजमा भएको खेलमा रोबर्ट डे जेब्रीको टिमका लागि म्याथेस टेलले दोस्रो गोल थपे । सन् २०१८ यता टोटनहमले चेल्सीलाई उसकै घरमा हराएको यो पहिलो पटक हो । सन् १९९० यता टोटनहम आफ्ना लन्डन प्रतिद्वन्द्वीविरुद्ध सबै प्रतियोगिता घर बाहिर एकै पल्ट मात्र विजयी भएको छ । यस्ता खराव प्रदर्शनलाई बिर्साउन टोटनहमले चेल्सीविरुद्ध दोस्रो लिग जित मात्रै हात पारेको हो र यो सन् २०२३ यता पहिलो हो । यो जितपछि टोटनहम नौ अंकमा १२ औं स्थानमा उक्लेको छ । चेल्सी भने १२ अंकमा चौथो स्थानमा रह्यो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...


