Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बिच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बिच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
Photo / Coverage: टक्सार

काठमाडौँ। नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबिच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो । भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबिच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बिटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए । अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए । त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे । उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो । राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबिच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो । उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो । भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायत विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवा पक्षीय कांग्रेसको कास्की सभापति बने ऋषि काफ्ले
Latest NewsJust now

देउवा पक्षीय कांग्रेसको कास्की सभापति बने ऋषि काफ्ले

पोखरा । नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा समूहको कास्की जिल्ला सभापतिमा ऋषि काफ्ले निर्विरोध निर्वाचित भएका छन् । उनको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको हो । समितिको अन्य पदाधिकारी र... ...

रातोपाटी
गगन थापाको चुनौती- तर्साउने धेरै आए, तर्सिने बानी परेन
Latest NewsJust now

गगन थापाको चुनौती- तर्साउने धेरै आए, तर्सिने बानी परेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पछिल्लो चेतावनीपूर्ण अभिव्यक्तिलक्षित नेपाली कांग्रेसका सभापति गगन थापाले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै लेखेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषयलाई लक्षित गरेर आएको हो भन्ने स्पष्ट नभए पनि त्यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको ...

केन्द्रबिन्दु
जलवायु सहकार्यमा नेपाल–स्विट्जरल्यान्डकाे जोड
Latest NewsJust now

जलवायु सहकार्यमा नेपाल–स्विट्जरल्यान्डकाे जोड

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे । “नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा ...

नेपालन्युज
नेपालमा लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु
Latest NewsJust now

नेपालमा लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु

काठमाडौं । ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात् नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ। काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो उपलब्धि हासिल भएको हो। पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्। योसँगै बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ। सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने, ‘सुरुवातदेखि बी०३ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play