काठमाडौं । ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात् नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ। काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो उपलब्धि हासिल भएको हो। पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्। योसँगै बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ। सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने, ‘सुरुवातदेखि बी०३ एक्सप्रति ग्राहकहरूको प्रतिक्रिया निकै उत्साहजनक रहँदै आएको छ। आज बुकिङबाट डेलिभरीको चरणमा प्रवेश गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यी चाबीहरू हस्तान्तरण गर्नु भनेको हाम्रा ग्राहकहरूलाई एक स्मार्ट तथा उच्च गुणस्तरीय विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्नु हो। हामीप्रति विश्वास व्यक्त गर्नुभएका सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौँ। साथै, सवारीको प्रतीक्षामा रहनुभएका सबै ग्राहकलाई छिटो र सहज रूपमा सवारी डेलिभरी सुनिश्चित गर्न हाम्रो टोली प्रतिबद्ध छ।’ नेपाली सडकलाई ध्यानमा राखेर निर्माण गरिएको लिपमोटर बी०३ एक्समा यस सेग्मेन्टमै अग्रणी १४५ किलोवाटको मोटर, ५३ किलोवाट घण्टाको ब्याट्री, १९० मिमीको ग्राउन्ड क्लियरेन्स र ५०५ किलोमिटर (सीएलटीसी)सम्मको ड्राइभिङ रेन्ज रहेको छ। साथै यसमा केवल १६ मिनेटमै (३० देखि ८० प्रतिशत) द्रुत चार्ज हुने फास्ट चार्जिङ क्षमता छ। भित्री क्याबिनतर्फ यसमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम र लेभल २ एडीएएस सुरक्षा प्रविधि समावेश छन्। उत्कृष्ट उपयोगितालाई थप मजबुत बनाउँदै यसमा ५१० लिटर क्षमताको बुट स्पेस रहेको छ। जसलाई सिटहरू फोल्ड गर्दा बढाएर १,६०५ लिटरसम्म पुर्याउन सकिन्छ। मासेराती, अल्फा रोमियो र प्युजो लगायतका १४ अग्रणी ब्रान्डहरूको स्वामित्व रहेको अटोमोटिभ समूह ‘स्टेलान्टिस’को विश्वव्यापी समर्थन प्राप्त लिपमोटर, चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल हो। कम्पनीले विश्वभर १९ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ। सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना मासिक १ लाखभन्दा बढी सवारी साधन बिक्री गर्न पनि कम्पनी सफल भएको छ। लिपमोटरले ४५ भन्दा बढी देशहरूमा फैलिएका दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत आफ्ना खरिदकर्ताहरूलाई पूर्ण निश्चिन्तता र भरोसा प्रदान गर्दै आएको छ।
नेपालमा लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






