Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
Photo / Coverage: नेपालन्युज

वासिङ्टन।अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन्। ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समा उनको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ। डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धले छोटो अवधिमा पेट्रोलको मूल्य बढाएर चुनावी परिणाम प्रभावित पारेको स्वीकार गरे। तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको भनाइ थियो। आफू निर्वाचनमा उम्मेदवार भएको भए रिपब्लिकनहरूले जित्ने दाबी गर्दै उनले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताए। यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धबारे मतदातामा असन्तुष्टि देखाएको बताएका थिए। उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औंल्याएका थिए। –रासस / एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिउँद छल्न गाउँ छाड्ने हतारो, टिंकर र छाङरुमा कुञ्चा सर्ने चटारो
Latest NewsJust now

हिउँद छल्न गाउँ छाड्ने हतारो, टिंकर र छाङरुमा कुञ्चा सर्ने चटारो

दार्चुलाको व्यास–१ का करिब १२ सय बासिन्दा अन्नपात, पशुचौपाया र घरबारीको बन्दोबस्त गर्दै आगामी दुई साताभित्र बेसी झर्ने तयारीमा छन्। ...

कान्तिपुर
लुम्बिनीले गुमायो पाँचौँ विकेट, ३४ रन बनाएर आउट भए रोहित पौडेल
Latest NewsJust now

लुम्बिनीले गुमायो पाँचौँ विकेट, ३४ रन बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३४ रन बनाएर आउट भएका छन् । १७.२ ओभरमा लुम्बिनीले ११७ रन बनाउँदा पाँच विकेट गुमाएको छ... ...

रातोपाटी
युक्रेनमा रूसी आक्रमण, मृतकको संख्या ४० पुग्यो
Latest NewsJust now

युक्रेनमा रूसी आक्रमण, मृतकको संख्या ४० पुग्यो

बर्लिन।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिण पूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० पुगेको जनाउँदै दर्जनौं व्यक्तिहरु अझै बेपत्ता रहेको बताएका छन्। बर्लिनको भ्रमणका क्रममा जेलेन्स्कीले ३० जना भन्दा बढी अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने जनाउँदै यो आक्रमण भयानक युद्ध सुरु भएदेखि रूसले गरेको सबैभन्दा ठूलो सामूहिक हत्याको कारण भएको बताए। रूसी सेनाले सुरुमा आक्रमणको दोस्रो ...

नेपालन्युज
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोड
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोड

भदाै १० को रसुवा भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैं... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play