Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
Photo / Coverage: पर्दाफास

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् । प्रधानमन्त्री साहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय विदेश सचिवको यो भ्रमणलाई कूटनीतिक वृत्तमा महत्त्वपूर्ण मानिएको छ । दुई देशबीचका बाँकी विषयमा समझदारी निर्माण गर्न र उच्च तहमा निरन्तर संवाद कायम राख्न यस्ता भ्रमणले पुलको काम गर्ने विज्ञहरूको बुझाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ
OthersJust now

२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा लामो यात्रा तय गरिसकेकी छैनन् । तर, फिल्मभन्दा बाहिर उनको पहिरन, महँगा फेसन ब्रान्ड, सार्वजनिक उपस्थिति र जीवनशैलीले भने सधैं सधैं लाइमलाइटमा राख्ने गरेको छ । सन् २०००मा मुम्बईमा जन्मिएकी खुशीको… ...

अनलाइन खबर
सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी
OthersJust now

सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी

१९ कात्तिक, सिरहा । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार (घुस/रिसवत) सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले हिजो (बुधबार) उनलाई दोषी ठहर गरेको हो । यादवलाई एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले पक्राउ गरेको थियो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play