Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यससम्बन्धी जानकारी दिएका दुई व्यक्तिले नयाँ कर लागू हुने समय परिवर्तन हुनसक्ने बताएका छन् । ह्वाइट हाउसका अनुसार अनुदानका कारण सस्तो सामानको अत्यधिक उत्पादन र निर्यात हुँदा अमेरिकी उद्योगहरू प्रतिस्पर्धामा कमजोर भएका छन् । प्रस्तावित कर अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा असंवैधानिक ठहर गरेका व्यापक आयात शुल्कको विकल्पका रूपमा ल्याउन लागिएको हो । अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत भइरहेको अनुसन्धानले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशविरुद्ध शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ । नयाँ शुल्कको दर स्पष्ट भइसकेको छैन । तर यसअघि घोषणा गरिएका १० देखि १२।५ प्रतिशतका शुल्कमाथि थपिने अपेक्षा गरिएको छ । चीनको विशाल औद्योगिक उत्पादन क्षमता र कमजोर घरेलु मागका कारण कम्पनीहरू विदेशी बजारमा निर्भर हुन थालेका छन् । सवारीसाधन, सौर्य प्यानल, सिमेन्ट र इस्पातजस्ता क्षेत्रमा चीनको बढ्दो उत्पादनले व्यापारिक साझेदारहरूको चिन्ता बढाएको छ । गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी १२ खर्ब अमेरिकी डलर पुगेको थियो । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै सेन्झेनमा भेटवार्ता भए पनि व्यापार घाटा दुई देशबीचको प्रमुख विवाद बनेको छ । सी अर्को महिना फ्लोरिडामा हुने समूह २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’
Latest NewsJust now

‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको कैलालीका ६ वटै खरिद केन्द्रमा धान बेच्न किसानले कुपन लिएर सातादेखि लाइनमै रात बिताइरहेका छन्। ...

कान्तिपुर
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Latest NewsJust now

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा ...

केन्द्रबिन्दु
पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग
Latest NewsJust now

पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग

मुम्बई । पाकिस्तानी कलाकारको भारतमा पुनरागमनलाई लिएर पुनः विवाद सुरु भएको छ । फवाद खान, माहिरा खान र हानिया आमिर अभिनित पाकिस्तानी वेब सिरिज ‘जो बचे हैं संग समेट लो’ को... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

बुधबार बिहानका खेलमा सुदूरपश्चिमले मधेशलाई एकतर्फी रूपमा हरायो भने पुलिस क्लबले कर्णालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement