चीनले सन् २०३० सम्ममा राष्ट्रिय ब्लकचेन नेटवर्क बनाउने

एजेन्सी । चीनले आगामी पाँच वर्षको डिजिटल विकास खाका सार्वजनिक गर्दै सन् २०३० सम्ममा राष्ट्रिय ब्लकचेन नेटवर्कको निर्माण आधारभूत रूपमा पूरा गर्ने र बौद्धिक इन्टरनेट (इन्टेलिजेन्ट इन्टरनेट) को विस्तारलाई तीव्र पार्ने लक्ष्य राखेको छ । चीनको ‘सेन्ट्रल साइबरस्पेस अफेयर्स कमिसन’ द्वारा जारी गरिएको उक्त दस्तावेजमा उपयुक्त समयमा छैटौँ पुस्ताको (६जी) मोबाइल सेवाको व्यावसायिक सुरुवात गर्ने प्रस्तावसमेत गरिएको छ । दस्तावेज अनुसार सन् २०३० सम्ममा सूचना प्रविधि (इन्फोर्मेटाइजेसन) को क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने र चिनियाँ आधुनिकिकरणलाई अघि बढाउन डिजिटल प्रविधिको भूमिकालाई अझ बढाउने बृहत् लक्ष्य तय गरिएको छ । यस योजना अन्तर्गत चीनको इन्टरनेट पहुँच दर सन् २०२५ को ८०.१ प्रतिशतबाट बढेर सन् २०३० सम्ममा ८५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रति १० हजार मानिस बराबर ५जी बेस स्टेसनको सङ्ख्या ३४ बाट बढाएर ५० पुर्याउने प्रक्षेपण गरिएको छ । डिजिटल पूर्वाधारका साथै यस योजनाले कम्प्युटेशनल गणित, सञ्चार नेटवर्क र डेटा साइन्समा आधारभूत अनुसन्धानलाई मजबुत बनाउनुका साथै सञ्चालन प्रणाली र सफ्टवेयर विकास टुलचेइनसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गहिरो एकीकरण जस्ता प्रमुख क्षेत्रहरूमा कोर प्रविधिको विकास गर्ने लक्ष्य राखेको छ । एआई प्रविधिको द्रुत विकासलाई ध्यानमा राख्दै विद्यालयका सबै तहहरूमा एआई शिक्षाको विस्तार गर्ने, समाजमा एआई साक्षरता प्रवर्द्धन गर्ने र डिजिटल प्रतिभाका लागि व्यावसायिक शिक्षा प्रणालीलाई तीव्र बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ । दूरसञ्चार तथा इन्टरनेट क्षेत्रलाई क्रमशः खुला गर्दै लैजाने नीति समेत योजनामा समावेश छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सन् २०३० सम्ममा देशको सूचना तथा सञ्चार उद्योगको कुल राजस्व करिब ६१५ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसका साथै, डिजिटल प्रणालीको सुदृढीकरणका लागि तथ्याङ्क सुरक्षा र व्यक्तिगत विवरणको सुरक्षालाई कडाइका साथ लागू गर्ने कुरामा जोड दिइएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
काठमाडौँ । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग... ...

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी
वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान […] ...

राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्। राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा ... ...

यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट
आगामी यु–१९ एसिया कपको तयारीलाई तीव्र पार्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले शनिबार टोली सार्वजनिक गर्दै खेलाडीहरूलाई पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा बोलाएको छ। युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुनेछ। क्यानका अनुसार बन्द प्रशिक्षणका क्रममा खेलाडीको मैदानभित्रको प्रदर्शन, अनुशासन र क्षमतालाई सुक्ष्म रूपमा […] ...


