Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चीनलगायत ‘ग्लोबल साउथ’सँग नजिक रहेका लुला ब्राजिलको राष्ट्रपतिमा चौथोपटक निर्वाचित

चीनलगायत ‘ग्लोबल साउथ’सँग नजिक रहेका लुला ब्राजिलको राष्ट्रपतिमा चौथोपटक निर्वाचित

10/26/2026, 7:17:38 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनलगायत ‘ग्लोबल साउथ’सँग नजिक रहेका लुला ब्राजिलको राष्ट्रपतिमा चौथोपटक निर्वाचित

काठमाडौँ । ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा चौथोपटक निर्वाचित भएका छन् । आइतबार भएको निकै प्रतिस्पर्धात्मक दोस्रो चरणको निर्वाचनमा लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी मानिने सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । यससँगै ब्राजिलमा लामो समयदेखि जारी तीव्र राजनीतिक ध्रुवीकरणबीच भएको राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । यो ऐतिहासिक जितसँगै ८० वर्षीय वामपन्थी नेता लुला ब्राजिलको इतिहासमा चौथो पटक राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएका छन् । यस पटकको चुनावी अभियानमा महँगी, अपराध, भ्रष्टाचार र ब्राजिलसहित समग्र ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक लहर जस्ता विषयहरू प्रमुख रूपमा उठेका थिए । सन् १९८९ मा ब्राजिलमा प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन प्रणाली पुनः सुरु भएयता, पहिलो चरणको मतदानमा दोस्रो स्थानमा रहेका उम्मेदवारले अन्तिम जित निकालेको यो पहिलो पटक हो । गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा लुला बोल्सोनारोभन्दा पछि परेका थिए, जसले बोल्सोनारोको चुनावी अभियानलाई बलियो बनाएको थियो । पहिलो चरणमा बोल्सोनारोले ४७.०३ प्रतिशत मत पाउँदा लुलाले ४५.१६ प्रतिशत मत प्राप्त गरेका थिए— जुन झन्डै २२ लाख मतको अन्तर थियो । लुलाको यो जित बोल्सोनारो राजनीतिक आन्दोलनका लागि ठुलो धक्का मानिएको छ । फ्लाभियोका पिता एवं पूर्व राष्ट्रपति जायर बोल्सोनारोले सन् २०२२ को चुनावमा लुलालाई पराजित गर्न सकेका थिएनन् र अहिले फ्लाभियो पनि लुलालाई रोक्न असफल भएका छन् । मतदानको समय थपिँदा अलमलआइतबारको मतदान निकै उतारचढावपूर्ण रह्यो । दुवै उम्मेदवारका तर्फबाट निर्वाचन अधिकारीहरू समक्ष अन्तिम समयमा गरिएको अनुरोधपछि मतदानको समय दुई घण्टा थप गरिएको थियो । विभिन्न राज्यहरूमा मतदान केन्द्रसम्म मतदाता ओसार्ने बसहरू अवरोधमा परेको भन्दै राष्ट्रपति लुलाको समूहले गरेको माग बमोजिम ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश क्रिस्टियानो जानिनले समय थप गर्ने आदेश दिएका थिए । विपक्षी सिनेटर फ्लाभियो बोल्सोनारोको समूहले पनि भारी वर्षाका कारण मतदाताहरू मतदान केन्द्रमा पुग्न नसकेको भन्दै केही क्षेत्रमा समय थप्न माग गरेको थियो । मतदानको समय थप गर्ने निर्णयले देशभरका मतदान केन्द्रहरूमा केही अलमल सिर्जना गरेको थियो । स्थानीय समयअनुसार साँझ ५ बजे मतदान बन्द हुने ठीक समयमा यस्तो आदेश आएको थियो, जब कि धेरैजसो केन्द्रहरू बन्द भइसकेका थिए र बन्द भएका केन्द्रहरू पुनः खुला गरिएनन् । पछि न्यायाधीश जानिन र उच्च निर्वाचन अदालतले बन्द भइनसकेका मतदान केन्द्रहरू मात्र स्थानीय समय अनुसार साँझ ७ बजेसम्म खुला रहने स्पष्ट पारेका थिए । यस निर्णयप्रति बोल्सोनारोको टोलीले कडा आपत्ति जनाउँदै यसलाई सर्वोच्च अदालतका न्यायाधीशको ‘लज्जास्पद र असामयिक कदम’ भनेको छ । अन्तर्राष्ट्रिय प्रभावयस निर्वाचन परिणामको असर ब्राजिलबाहिर पनि पर्ने देखिन्छ । लुलाको नेतृत्वमा ब्राजिलले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिलाई निरन्तरता दिनेछ । ट्रम्प प्रशासनसँगको तनावबिच लुलाले ब्राजिलको सार्वभौमसत्ता र चीन लगायत ‘ग्लोबल साउथ’ (विकासोन्मुख राष्ट्रहरू) सँगको सम्बन्धलाई मजबुत बनाउन जोड दिँदै आएकाे सिएनएनले जनाएकाे छ । आइतबार मतदान समाप्त हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ब्राजिलको निर्वाचनलाई नजिकबाट नियालिरहेको बताएका थिए । उनले कुनै पनि उम्मेदवारको औपचारिक समर्थन नगरे तापनि यसअघि फ्लाभियोको पहिलो चरणको प्रदर्शनको प्रशंसा गर्दै यो निर्वाचन ‘निकै महत्त्वपूर्ण’ रहेको टिप्पणी गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play