Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
Photo / Coverage: टेक्नोलोजी खबर

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ। यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ प्रस्थान गरेका हुन्। अन्तरिक्षयान रकेटबाट अलग भई निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। यस अभियानले चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको छ। पाकिस्तानमा प्रक्षेपणको खुसीयालीमा सर्वसाधारणले ‘पाकिस्तान–चीन मित्रता दीर्घायु होस्’ भन्दै उत्सव मनाएका थिए। पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले यस अभियानले भविष्यमा दुई देशबीच अन्तरिक्ष क्षेत्रमा अझ व्यापक सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे। उनले पाकिस्तानी अन्तरिक्ष यात्रीले आफ्नो देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षा अन्तरिक्षमा पुर्‍याएको बताए। यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो। चालकदलले अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ। अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नेछन् र शेन्झाउ–२३ मार्फत पृथ्वी फर्कनेछन्। अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसकेका छन्। चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ। अमेरिकाको नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ।–रासस The post चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो
TechnologyJust now

एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो

हालै सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) को फाइलिङले देखाएअनुसार एनभिडियाले फिनिस टेलिकम गियर निर्माता नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सा बेचेको छ। चिप जायन्टले जुलाई र सेप्टेम्बरको बीचमा ९३.५३ मिलियन नोकिया शेयर बेचेको छ। एनभिडियाले सुरुमा गत वर्ष नोकियामा २.९ प्रतिशत हिस्सा प्राप्त गरेको थियो, जसमा १६६ मिलियन शेयरहरू थिए। यो एआई नेटवर्किङलाई अगाडि बढाउने उद्देश्यले गरिएको एक अर्ब डलर रणनीतिक ...

टेक्नोलोजी खबर
वैज्ञानिकले पत्ता लगाए बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर
TechnologyJust now

वैज्ञानिकले पत्ता लगाए बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर

वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन्। यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ। जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो। यस खोजले यसअघि कायम रहेका दूरी ...

टेक्नोलोजी खबर
स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
TechnologyJust now

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड वा बीमा परिचयपत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। बोर्डले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमितले सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेमा सेवा उपलब्ध गराउन आग्रह गरेको हो। बोर्डका अनुसार सेवाग्राहीले प्रस्तुत गरेको ...

टेक्नोलोजी खबर
चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर
TechnologyJust now

चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर

अमेरिकी जूरीले मंगलबार चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजलाई व्यापार गोप्य कुराहरू चोर्ने र बैंकहरूलाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको छ। ह्वावे वायरलेस दूरसञ्चार नेटवर्कहरूको लागि विश्वको सबैभन्दा ठूलो उपकरण आपूर्तिकर्ताहरू मध्ये एक हो। तर जूरीहरूले ह्वावेलाई आपराधिक ठगी षड्यन्त्रमा संलग्न हुनु जस्तो सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरेको एपीन्यूजले रिपोर्ट गरेको छ। परिणामस्वरूप कम्पनीका वकिलले- यो माथिदेखि तलसम्म भ्रष्ट ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement