Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश अगाडि देखिएको छ। बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै अग्रता लिएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलहरु भने सुरु भइसकेका छन्। दोस्रो दिनसम्म आइपुग्दा एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जोडेको छ। त्यस्तै, नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पार्दा नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक नै जितेको छ। सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जितेको छ भने कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा
Latest NewsJust now

प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्नेमा राजनीतिक दलहरू दुई कित्तामा बाँडिएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवै तहको निर्वाचन एउटै समयमा गराउने पक्षमा उभिएका छन् भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अलग-अलग मितिमा चुनाव हुनुपर्ने अडानमा छन्। दलहरूबीच निर्वाचनको ढाँचामै सहमति नजुटिरहेका बेला निर्... ...

नेपालखबर
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
Latest NewsJust now

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन् । रौतहटको मौलापुर... ...

रातोपाटी
एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग
Latest NewsJust now

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

काठमाडौँ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement