Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

वैज्ञानिकले पत्ता लगाए बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैज्ञानिकले पत्ता लगाए बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर
Photo / Coverage: टेक्नोलोजी खबर

वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन्। यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ। जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो। यस खोजले यसअघि कायम रहेका दूरी तथा समयसम्बन्धी अभिलेख तोडेको छ। युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख जुलियन वुल्फका अनुसार यसअघिका दुई अभिलेखले क्वासरको निर्माण समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए। तर नयाँ खोजले त्यो समय करिब चार करोड वर्ष पछाडि पुर्‍याएको छ । उनले यसलाई झन्डै एक दशकयताकै ठूलो प्रगति बताएका छन्। युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले सङ्कलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा अनुसन्धान टोलीले उक्त क्वासर फेला पारेको हो। सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे जानकारी प्राप्त गर्न आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ। अनुसन्धानकर्ता वुल्फका अनुसार ब्रह्माण्डको सुरुआती अवस्थामा क्वासर भेटिनु आफैँमा दुर्लभ घटना हो। त्यसमा पनि यसको ब्ल्याक होलको असाधारण ठूलो आकार र त्यसले वरिपरिको पदार्थ तुलनात्मक रूपमा सुस्त गतिमा ग्रहण गरिरहेको अवस्था थप चासोको विषय बनेको छ। वैज्ञानिकहरूले यसलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा देखेका हुन्। त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो। वुल्फले आयरल्यान्डको अरान टापुमा रहेको प्रागैतिहासिक ढुङ्गे किल्ला डन ओङ्हासाको नामबाट उक्त क्वासरलाई यही नाम दिएका छन्। उजकी श्रीमती र छोरी आयरिस भएकाले परिवारसहित उक्त किल्ला भ्रमण गर्दा त्यसबाट प्रभावित भएका थिए। उनका अनुसार किल्लाले क्वासरले जस्तै अझै अन्वेषण गर्न बाँकी विशाल क्षितिजको सङ्केत गर्छ। हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनलगायत पृथ्वी तथा अन्तरिक्षमा रहेका अन्य वेधशालाबाट पनि टोलीको खोज पुष्टि भएको छ। वेब दूरबिनबाट प्राप्त विवरणअनुसार उक्त क्वासरलाई ऊर्जा प्रदान गर्ने ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ । ब्रह्माण्डको यति प्रारम्भिक चरणमै ब्ल्याक होलको आकार यति ठूलो हुनु वैज्ञानिकका लागि आश्चर्यको विषय बनेको छ। अध्ययनको अन्तिम निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित भएको छ। वुल्फले बिग ब्याङपछि करिब ६३ करोड वर्षमै ब्ल्याक होल सूर्यको द्रव्यमानको ३६ करोड गुणासम्म कसरी बढ्यो भन्ने प्रश्नले प्रारम्भिक ब्रह्माण्डबारे थप अनुसन्धान आवश्यक बनाएको बताएका छन्। उनका अनुसार नयाँ खोजले प्रारम्भिक ब्रह्माण्डको अध्ययनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ। तर यो अभिलेख केही महिनामै अर्को खोजले तोड्न सक्ने वा वर्षौंसम्म कायम रहन सक्ने सम्भावना पनि उनले व्यक्त गरेका छन्।–रासस The post वैज्ञानिकले पत्ता लगाए बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको क्वासर appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो
TechnologyJust now

एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो

हालै सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) को फाइलिङले देखाएअनुसार एनभिडियाले फिनिस टेलिकम गियर निर्माता नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सा बेचेको छ। चिप जायन्टले जुलाई र सेप्टेम्बरको बीचमा ९३.५३ मिलियन नोकिया शेयर बेचेको छ। एनभिडियाले सुरुमा गत वर्ष नोकियामा २.९ प्रतिशत हिस्सा प्राप्त गरेको थियो, जसमा १६६ मिलियन शेयरहरू थिए। यो एआई नेटवर्किङलाई अगाडि बढाउने उद्देश्यले गरिएको एक अर्ब डलर रणनीतिक ...

टेक्नोलोजी खबर
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
TechnologyJust now

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ। यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट ...

टेक्नोलोजी खबर
स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
TechnologyJust now

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड वा बीमा परिचयपत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। बोर्डले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमितले सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेमा सेवा उपलब्ध गराउन आग्रह गरेको हो। बोर्डका अनुसार सेवाग्राहीले प्रस्तुत गरेको ...

टेक्नोलोजी खबर
चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर
TechnologyJust now

चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर

अमेरिकी जूरीले मंगलबार चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजलाई व्यापार गोप्य कुराहरू चोर्ने र बैंकहरूलाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको छ। ह्वावे वायरलेस दूरसञ्चार नेटवर्कहरूको लागि विश्वको सबैभन्दा ठूलो उपकरण आपूर्तिकर्ताहरू मध्ये एक हो। तर जूरीहरूले ह्वावेलाई आपराधिक ठगी षड्यन्त्रमा संलग्न हुनु जस्तो सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरेको एपीन्यूजले रिपोर्ट गरेको छ। परिणामस्वरूप कम्पनीका वकिलले- यो माथिदेखि तलसम्म भ्रष्ट ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement