Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चीनतर्फ कैयौँ नाका, तर किन छैनन् कोही भरपर्दा?

चीनतर्फ कैयौँ नाका, तर किन छैनन् कोही भरपर्दा?

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनतर्फ कैयौँ नाका, तर किन छैनन् कोही भरपर्दा?

त्रिशूली-भोटेकोशी बाढीसँगै चीनतर्फको नेपालको प्रमुख अन्तर्राष्ट्रिय नाका रसुवा पूर्ण रूपमा टुटेपछि फेरि द्विपक्षीय व्यापारको भविष्यलाई लिएर प्रश्नहरू उठेको छ।भदौ १० को विनाशकारी विपद् भएकै बेला तातोपानी नाका पहिल्यै बर्खे पहिरोको मारमा डेढ महिनादेखि ठप्प थियो।मुस्ताङको कोरलालाई तेस्रो मुख्य अन्तर्राष्ट्रिय नाकाका रूपमा केही वर्षअघि नै सुरु गरिए पनि त्यो लामो दूरी र सहजताका हिसाबले व्यापक प्रयोगमा आएको थिएन।भन्सार विभागका प्रवक्ता किशोर बर्तौला चीनतर्फ ९ वटा भन्सार कार्यालयहरू सञ्चालनमा रहे तापनि यसअघि देखि नै "रसुवा, तातोपानी र कोरला गरेर मुख्य तीन अन्तर्राष्ट्रिय भन्सारबाहेक अन्य बाटाहरू ठूला व्यापारिक प्रयोगमा नरहेको" बताउँछन्।"पछिल्ला विपद्अघिदेखि नै मुख्य तीनवटा भन्सारबाहेकका नाकाबाट स्थानीयवासीले दैनिक घरायसी सामान मात्र ल्याउने हुन्," बर्तौला भन्छन्। रसुवा र तातोपानी नाका बन्द हुँदा चीनबाट ल्याइने सामानमा परेको असर'भरियाले बोकेर व्यापार': चीनतर्फका नाकामा निरन्तर समस्याले नेपाली अर्थतन्त्रमा परेको असर अधिकारीहरूले अन्य भन्सार नाकामा हुम्लाको यारी, गोरखाको लार्के, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, सङ्खुवासभाको किमाथाङ्का र मुगुको नाग्चेलाग्मा रहेको बताउँछन्।"अन्तर्राष्ट्रिय बाहेकका भन्सारबाट ल्याइने भनेका मानिसहरूले हातैले वा जनावरले बोकाएर ल्याउन सक्ने खालका सामान मात्र हुन्। त्यहाँ कतै सडक सञ्जाल मिलेको छैन भने कतै भन्सार कार्यालयहरू नै पनि सीमाभन्दा निकै पर जिल्ला सदरमुकामतिरै छन्।"त्यहाँ खासगरी दुवैतर्फका सीमावर्ती नागरिकलाई अनुमतिपत्रका आधारमा आसपासका बजारसम्म जाने अनुमति दिइन्छ।कोरलामा ठूलो चाप BBC चीनतर्फ अड्किएका ठूला कन्टेनरहरू ल्याउन यतिखेर अन्य विकल्प नभएपछि कोरला यसअघि कहिल्यै नसोचिएको रूपमा प्रयोगमा आएको छ। आर्थिक वर्ष २०८३/८४ मा कुल ९ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको मुस्ताङ भन्सार कार्यालयले सुरुवाती तीन महिनामै उक्त लक्ष्य भेट्यो। "रसुवा र तातोपानीको पूरै चाप अहिले कोरलामै परेको अवस्था छ," भन्सार विभागका बर्तौला भन्छन्। "ठूलै कन्टेनरहरू समेत ल्याउन सक्ने सडक त्यहाँ भए पनि उक्त बाटो पनि प्राकृतिक विपद्‍बाट मुक्त छैन।" Reuters रसुवा नाका भदौको विनाशकारी बाढीबाट पूर्ण रूपमा ध्वस्त भयो कालीगण्डकी करिडरमा पर्ने उक्त नाका जोडिने बाटो असोज दोस्रो साता परेको अविरल वर्षापछि बाढी-पहिरोसँगै अवरुद्ध बन्दा दुई हजारभन्दा बढ्ता गाडीहरू रोकिएका थिए।कोरलामा अनपेक्षित चापका कारण त्यहाँको नाका प्रभावकारी सञ्चालनका लागि पहिलेभन्दा पाँचगुणा बढी जनशक्ति पठाइएको बताइएको अधिकारीहरूले बताएका छन्। धेरैजसो 'दशैँका सामान रसुवामा बगे', बचेका 'कोरलामा अड्किए'नेपाल-चीन सीमामा किन दोहोरिरहन्छन् विनाशकारी बाढीपहिरो यद्यपि उक्त नाका तीनवटै मुख्य अन्तर्राष्ट्रिय नाकामध्ये काठमाण्डूबाट पर पर्ने हुँदा व्यापारीहरूले समुद्री मार्गतर्फ समेत डाइभर्ट गरेको अधिकारीहरूले बताएका छन्।"भौगोलिक रूपले नै हिमाल र टाकुरा मात्र छन्। उता चीनतिर पनि उस्तै समस्या छ," भन्सार विभागका बर्तौला भन्छन्।उत्तर जान दक्षिण झर्नुपर्ने बाध्यताभदौको विनाशकारी विपद्पछि तिब्बतको ताक्लाकोटमा दुई देशका सीमावर्ती अधिकारीहरूको बैठक हुँदा त्यसमा सहभागी हुनेमा सीमावर्ती बझाङको साइपाल गाउँपालिकाका प्रमुख मानवीर बोहरा समेत थिए।उत्तरी भेगमा भएको उक्त बैठकमा पुग्न दक्षिणतर्फ झर्दै उनीहरूले रोजेको बाटोले नै पनि त्यस क्षेत्रका नाकाको अवस्था देखाउने बोहरा बताउँछन्।"बझाङबाट हामी नेपालगञ्ज झर्‍यौँ। त्यहाँबाट प्लेनमा हुम्ला पुगेर यातायातमार्फत् ताक्लाकोट पुग्यौँ," बोहराले बीबीसीसँग भने। "बझाङबाट गएको भए तीन दिनजति हिँड्नै पर्छ।"बझाङबासीहरूलाई नजिक पर्ने नाका उरै भञ्ज्याङ भए तापनि त्यहाँबाट स्थानीयवासी बाहेकका लागि सहज आउजाउ छैन।"त्यहाँ उनीहरू [चीन]को पनि भन्सार छैन, हाम्रो पनि छैन," बोहराले भने। "चीनले सीमाभन्दा धेरै नजिक सडक पुर्‍याइसके। कैलाश-मानसरोवर जाने तीर्थयात्रीहरूका लागि सबैभन्दा छोटो बाटो हुने भए पनि हाम्रोतर्फ सडक बनाउन अझै बाँकी छ।"उरै नाकाबाट ताक्लाकोट करिब ३५ किलोमिटर मात्रको दूरीमा रहेको बताउँदै अध्यक्ष बोहराले त्यस मार्ग स्तरोन्नति गर्न सक्दा स्थानीयवासी बाहेक पनि नेपाली र भारतीय पर्यटकलाई निकै सहज हुने बताए।साना नाकाहरूबाट खासगरी नेपालबाट छुर्पी, चौँरीको घ्यू, डोका-नाम्ला, हस्तकला लगायतका सामान पुग्ने गरेका छन्। स्थानीयवासीहरू मौसमी श्रमका लागि समेत चीनका हिमाली गाउँ-सहर पुग्ने गर्छन्।एक दशकमै फेरिएको अवस्था BBC तातोपानी नाका लामो समय पहिरोले अवरुद्ध हुँदा भरियाले बोकाएर सामान ओसारपसार गर्ने समेत गरियो चीनसँगको व्यापारमा एक दशक अघिसम्म भन्सार नाकाहरूमध्ये मुख्य रूपमा सिन्धुपाल्चोकस्थित तातोपानी नै चल्तीमा थियो।२०७२ सालको भूकम्पले क्षति पुर्‍याएर तातोपानी ठप्प भएपछि रसुवास्थित रसुवागढी–केरुङ नाकाबाट आयात-निर्यात बढ्दै गयो।विसं २०७२ मा भूकम्पले क्षति पुर्‍याएर लामो समय रोकिएर पुन: सुरु भए तापनि तातोपानी नाका अझै पहिलेको स्वरूपमा फर्कन सकेको छैन।दूरीका हिसाबले तातोपानी नाका ल्हासा र ग्वान्जाओ मात्र नभई चीनको जुनसुकै ठाउँबाट नेपाल सामान ल्याउनका लागि सबैभन्दा नजिकको मानिन्छ।नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अधिकारीका अनुसार कन्टेनरहरू सिमानासम्म ल्याउन र सीमाबाट काठमाण्डू आउँदासम्मै नजिक पर्ने भए तापनि एक दशकअघिको भूकम्पयता उक्त नाका कहिल्यै सहज अवस्थामा फर्कन सकेन।छोटो बाटो भएकैले तातोपानी नाकाबाट चिनियाँ स्याउ, आँप, लसुन, अङ्गुरजस्ता फलफूल तथा तरकारी धेरै ल्याइने गरिन्थे जुन कोरलाबाट ल्याउने हकमा धेरै पायक नपर्ने सङ्घका अध्यक्ष रामहरि कार्की बताउँछन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ताजा खबरJust now

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

नेपालबहस
दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
ताजा खबरJust now

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

नेपालखबर
कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
ताजा खबरJust now

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

केन्द्रबिन्दु
बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
ताजा खबरJust now

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play