Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो। भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव राखेको थियो। त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो। भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबीचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिबद्धता जनाए। उनले दुई देशबीचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए। महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो। भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो। साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्‍याउनुपर्नेमा जोड दिएको थियो। नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रस्तावलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ। भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो। The post चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ, १० अर्बभन्दा बढी हिनामिनाको आरोप
Latest NewsJust now

बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ, १० अर्बभन्दा बढी हिनामिनाको आरोप

धरान- बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामो समयदेखि फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए। गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत लामिछाने पक्राउ परेको जानकारी दिँदै यसलाई […] ...

काठमाण्डुपाटी
आगामी चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार छौं -पद्मा अर्याल
Latest NewsJust now

आगामी चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार छौं -पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टी शक्ति र पङ्क्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताएकी हुन् ...

केन्द्रबिन्दु
बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु
Latest NewsJust now

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु

सिराज खानबाँके, मङ्सिर २ गते । बाँके र दाङको सीमावर्ती क्षेत्र जोड्ने ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु गरिएको हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जले जनाएको छ । आयोजन... ...

गोरखापत्र
टिमुरे फर्किए बाढीपीडित
Latest NewsJust now

टिमुरे फर्किए बाढीपीडित

रसुवा। गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्। विस्थापित ६८ घरधुरीमध्ये ४८ जना मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन्। बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौंमा बस्न नसकेपछि गाउँ फर्किएका छन्। स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्ये ४८ जना गाउँ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play