चीनको आर्थिक वृद्धिमा चुनौती

बेइजिङ। घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा संकटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ। निर्यातमा वृद्धि भए पनि घरजग्गा क्षेत्रको संकट र उपभोक्ताको कमजोर खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा दबाब बढाएको छ। एएफपीले अर्थशास्त्रीहरूबीच गरेको सर्वेक्षणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म चीनको अर्थतन्त्र ४.४ प्रतिशतले विस्तार हुने अनुमान छ। दोस्रो त्रैमासिकमा वृद्धिदर ४.३ प्रतिशत थियो। चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ। हुटोङ रिसर्चकी अर्थशास्त्री गुओ शानले निर्यात मात्रै अर्थतन्त्रको बलियो पक्ष बनेको बताएका छन्। उनका अनुसार घर खरिदमा अनुदान र पूर्वाधार लगानी बढाउने सरकारी उपाय पर्याप्त नहुन सक्छन्। ऊर्जा लागत वृद्धिका कारण अन्तर्राष्ट्रिय मुद्राकोषले पनि चीनको वार्षिक आर्थिक वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ। कम्प्युटर, अर्धचालक र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उपकरणको विश्वव्यापी मागले चीनको निर्यात बढाएको छ। तर बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली संघ (इयु) सँग तनाव बढाएको छ। चीनले घरेलु उद्योगलाई दिने अनुदानले विदेशी बजारमा अनुचित प्रतिस्पर्धात्मक लाभ दिएको आलोचना पनि हुँदै आएको छ। अर्थशास्त्रीहरूका अनुसार चीनले निर्माण, घरजग्गा र निर्यातमा निर्भर अर्थतन्त्रलाई घरेलु उपभोगमा आधारित दिगो विकासतर्फ लैजान आवश्यक छ। तर घरेलु माग कमजोर रहँदा चिनियाँ उत्पादकहरू नयाँ बजार खोज्दै विदेशतर्फ केन्द्रित भइरहेका छन्। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि नोक्सानी
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए ... ...

सेनाले आरुघाटमा बेलीब्रिज निर्माण गरी गर्यो हस्तान्तरण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २ गते । नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। अ... ...

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरको दर्शन, तस्बिरहरू
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा सोमबार काठमाडौँको मैतीदेवी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्नुका साथै... ...
![शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/NP_KTM_DSC04771_6ieWEhFh5C.jpg)
शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]
राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम ...


