Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ निर्यात नियन्त्रण नियम लागू गरेको छ। यसअनुसार चीनलगायत प्रतिबन्धित देशका कम्पनीलाई सेवा दिने विदेशी डाटा सेन्टरले अन्तिम प्रयोगकर्ताको पहिचान खुलाउनुपर्नेछ। नयाँ नियमले इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र ब्राजिलमा चिप बिक्री गर्दा थप इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। अमेरिकी प्रशासनले क्लाउड कम्प्युटिङमार्फत अमेरिकी प्रविधि प्रयोग गर्ने सम्भावित कमजोरी नियन्त्रण गर्न यो कदम चालेको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी कदमको आलोचना गर्दै यसले चीनको प्राविधिक विकास र विश्वव्यापी आपूर्ति शृङ्खलामा असर पार्ने बताएका छन्। चीनले आफ्नो हित र अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उनले जनाए। यसैबीच, अमेरिकी चिप निर्माता एनभिडियाका चिप चीन पुर्याएको आशङ्कामा मेगास्पिड इन्टरनेसनलमाथि अमेरिका, सिङ्गापुर र मलेसियामा अनुसन्धान भइरहेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२४ मै अनुसन्धान सुरु गरेको थियो भने न्याय मन्त्रालयले कम्पनीमाथिको आपराधिक अनुसन्धान अघि बढाएको छ। मलेसियाले पनि आफ्नो देशमा भित्रिएका चिप अन्य मुलुकमा पुनः निर्यात भए–नभएको छानबिन गरिरहेको जनाएको छ।–रासस The post चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै
TechnologyJust now

नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते (नोभेम्बर २१–२२) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (पावरिङ नेपाल्स नेक्स्ट इकोनोमी) नारासहित हुन लागेको एक्स्पोमा यस वर्ष स्टार्टअप पेभिलियन र दुईवटा विषयगत छलफल थपिएका छन्। शनिबार र आइतबार बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म ...

टेक्नोलोजी खबर
हिउँदमा विद्युत् संकट टार्न भारतसँग ३५० मेगावाट आयात सम्झौता
TechnologyJust now

हिउँदमा विद्युत् संकट टार्न भारतसँग ३५० मेगावाट आयात सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको... ...

सिंहदरबार न्युज
क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने
TechnologyJust now

क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने

क्यालिफोर्नियाको व्यवसाय तथा उपभोक्ता सेवा निकायका सचिव रोहित चोपडाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमता विस्तार गरिरहेका प्रविधि कम्पनीलाई थप जवाफदेही बनाउनुपर्ने बताएका छन्। राज्यका नियम पालना नगर्ने कम्पनीलाई अदालत पुर्‍याउने सम्भावनाबारे आफ्नो निकायले अध्ययन गरिरहेको पनि उनले बताएका छन्। अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्युरोका पूर्वप्रमुख चोपडाले सोमबार रोयटर्स मोमेन्टम एआई फाइनान्स सम्मेलनमा भने, “राज्यका कानुनमा एआईका लागि कुनै छुट छैन।” ती ...

टेक्नोलोजी खबर
साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने
TechnologyJust now

साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने

डिजिटल माध्यमबाट हुने स्क्याम अर्थात् ठगी र साइबर स्क्यामको प्रभावकारी रोकथाम तथा अनुसन्धानका लागि गृह मन्त्रालयले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन-२०८३ जारी गरेको छ। मन्त्रालयबाट २०८३ असोज २३ गते स्वीकृत यो दिग्दर्शन अनुसार यो केन्द्र चौबीसै घण्टा सञ्चालन हुनेछ। मन्त्रालयका अनुसार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो दिग्दर्शन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play