Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि बिहीबार जाँचका क्रममा उक्त रकम बरामद भएको हो । इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका पाँच थान नोट छन् । उक्त रकम नेपाली रु १६ लाख छ हजार ८०० बराबर रहेको उनले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय सिरेनु र ४३ वर्षीय बुजियान्दु ओजीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्कारपियोका चालक भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्ने जनाएको छ । ...

कान्तिपुर
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
Latest NewsJust now

गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन् । उनी विराटनगर हुँदै इटहरी गएका हुन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा आयोजना हुँदैछ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, ...

कर्पोरट खबर
विवाह गर्ने र नागरिकता लिने उमेर समान हुन सक्दैन :  प्रवक्ता पौडेल
Latest NewsJust now

विवाह गर्ने र नागरिकता लिने उमेर समान हुन सक्दैन :  प्रवक्ता पौडेल

झापा । झापा राष्ट्रिय महिला आयोगका प्रवक्ता कृष्णकुमारी पौडेलले गर्भदेखि नै छोरीको सुरक्षाको प्रत्याभूति हुनु पर्नेमा जोड दिनुभएको छ । ३५ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर झापाको धुलाबारी माविमा आयोजित कार्यक्रममा उहाँ एउटी छोरीको आँसु पुछ्न नसक्ने समाज सभ्य समाज हुन नसक्ने बताउनुभयो । केही व्यक्तिले नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुँदा हुने तर्क गरिरहेको ...

हिमालय टाइम्स
दसौँ राष्ट्रिय खेलकुद : टेनिस महिला सिङ्गलमा शिवली र स्वस्तिका फाइनलमा
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद : टेनिस महिला सिङ्गलमा शिवली र स्वस्तिका फाइनलमा

बर्दिया । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको महिला सिङ्गलतर्फ नेपाल आर्मीका शिवली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा शिवलीले बागमती प्रदेशकी प्रज्ञा मानन्धरलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन्। त्यस्तै, स्वस्तिकाले बागमतीकै प्रकृति श्रेष्ठलाई ६–२, ६–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन्। पुरुष सिङ्गलतर्फ प्रदीप खड्का, प्रणभ खनाल, निशान श्रेष्ठ र करण थापा सेमिफाइनलमा पुगेका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement