Getty Images विशाल अमेरिकी प्रविधि कम्पनी एन्भिडिआले सन्दिग्ध चिनियाँ जासुससँग आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन वाङको 'सम्बन्ध' रहेको विषयमा अनुसन्धान गर्न अमेरिकाको सबैभन्दा ठूलो कानुनी फर्ममध्ये एकलाई रोजेको छ।एन्भिडियाका सहसंस्थापक वाङले आफ्नो वैवाहिक सम्बन्धबाहिर एक महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। एलिस वाङ नाम गरेकी ती महिलाले बेइजिङका लागि जासुसी गर्ने गरेको आरोप लागेको छ।एन्भिडियाले मङ्गलवार न्यूयोर्कस्थित कानुनी फर्म वाचटेल, लिप्टन, रोजन एन्ड काट्जलाई अनुसन्धानको जिम्मेवारी दिएको जनाएको छ। सन्दिग्ध चिनियाँ जासुससँग 'सम्बन्ध' रहेको विषयमा एन्भिडिआद्वारा सीईओमाथि 'छानबिन सुरु'भारतको जासुसी संस्था ‘रअ’ कसरी बन्यो, यसका गुप्तचर कसरी छानिन्छन् उक्त अनुसन्धानको नेतृत्व सो फर्मका वकिल जुन किमले गर्ने छन्। कम्पनीले त्यसलाई 'गहन र स्वतन्त्र अनुसन्धान' भनेको छ।अर्कोतर्फ अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) ले पनि सो विषयमा छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।शेअर मूल्य घट्यो Getty Images शुक्रवारदेखि एन्भिडियाको शेअर मूल्य वार्षिक न्यून बिन्दुको नजिक पुगेको छ। यो अवधिमा कम्पनीको ५०० अर्ब अमेरिकी डलर बराबरको शेअर मूल्य घटेको छ।आर्टिफिशल इन्टेलिजन्श एआईको तीव्र विस्तारमा एन्भिडियालाई सबैभन्दा महत्त्वपूर्ण कम्पनीमध्ये एक मानिन्छ।एआईसम्बन्धी उपकरणहरूमा प्रयोग हुने कम्प्युटर चिप निर्माण गर्ने एक मात्र कम्पनी भएकाले यसको महत्त्व अझ बढेको छ।एप्पलपछि एन्भिडिया विश्वको दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी हो। एआईको विश्वव्यापी प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न चाहने अमेरिकी अधिकारीहरूका लागि एन्भिडियाले उत्पादन गर्ने चिप राष्ट्रिय सुरक्षासँग जोडिएको विषय बनेको छ।वाङ ले नामले पनि चिनिने एलिस वाङ जेन्सन वाङकी आफन्त होइनन्। उनी सिङ्गापुरको मेगास्पिड नामक कम्पनीमा कार्यकारी पदमा थिइन्। उक्त कम्पनी एन्भिडियाको ग्राहकसमेत रहँदै आएको थियो।मेगास्पिडले एन्भिडियाका चिपहरू अन्य माध्यमबाट चीन पुर्याउन सहयोग गरेको हुन सक्ने आशङ्का गरिएको थियो। तर एन्भिडियाले उक्त विषयमा अनुसन्धान गरिएको र आरोप निराधार रहेको पुष्टि भएको जनाएको छ। इजरेली गुप्तचर निकाय मोसादका सफल र विफल गोप्य कार्वाहीहरू संसदीय समितिको आग्रहन्यूयोर्क टाइम्स पत्रिकाका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यसै वर्षको शुरूमा वाशिङ्टनका उच्च अधिकारीहरूलाई एउटा मेमो पठाउँदै जेन्सन वाङको चिनियाँ सन्दिग्ध जासुससँग निकट सम्बन्ध रहेको चेतावनी दिएका थिए।बेइजिङले एन्भिडियाका प्रमुखलाई निशाना बनाइएको भन्ने दाबी अस्वीकार गरेको छ। चीनको विदेश मन्त्रालयले यस्ता आरोपहरू 'चीनलाई बदनाम गर्ने र उसको छवि बिगार्ने उद्देश्यले लगाइएको' प्रतिक्रिया दिएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले जेन्सन वाङसँग सोमवार कुराकानी गरेको बताएका थिए।ट्रम्पका अनुसार वाङले ती महिला जासुस भएको आफूलाई 'कुनै जानकारी नभएको' बताएका थिए। ट्रम्पले आफूले वाङको भनाइमा विश्वास गरेको पनि बताएका छन्। Reuters यद्यपि यो सम्बन्धले राजनीतिक क्षेत्रमा थप चासो र ध्यानाकर्षण गरेको छ। अमेरिकी तल्लो सदनको विदेश मामिला समितिका सदस्यहरूले वाङलाई अर्को साता बन्द कोठाभित्र हुने छलफलमा सहभागी हुन आग्रह गरेका छन्।समितिको मागबारे जानकार एक जनाले बीबीसीलाई बताएअनुसार एन्भिडियाका प्रमुखले उक्त छलफलमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताएका छैनन्।आवश्यक ठानेमा उक्त समितिसँग वाङलाई उपस्थित गराउन औपचारिक पत्र जारी गर्ने अधिकार छ। त्यस्तो पत्र जारी भएमा उनी समितिसमक्ष उपस्थित हुन बाध्य हुने छन्।आइतवार उक्त सम्बन्धबारे अनुसन्धान गर्ने घोषणा गर्दा एन्भिडियाको सञ्चालक समितिले कम्पनीका गोप्य सूचनाहरू वा राष्ट्रिय सुरक्षा जोखिममा परेको विश्वास गर्ने कुनै आधार नरहेको बताएको थियोसन्दिग्ध जासुस को हुन्न्यूयोर्क टाइम्सले अमेरिकी गुप्तचर निकायहरूले एक चिनियाँ व्यवसायी महिलाको निगरानी गरिरहेको र उनले बेइजिङको तर्फबाट काम गरिरहेको निष्कर्ष निकालेको बताएको छ।उक्त समाचारमा नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गरिएको छ।ती निगरानीका क्रममा ती सन्दिग्ध जासुस र एक अमेरिकी नागरिकबीचको कुराकानी देखिएको भनिएको कुरा छ जसलाई पछि "अन्मास्किङ" भनिने प्रक्रियामार्फत् जेन्सन वाङका रूपमा पहिचान गरिएको थियो।एलिस वाङले टिप्पणीको लागि उक्त पत्रिकाले गरेको अनुरोधको जबाफ दिएकी छैनन्। उनी सिङ्गापुरमा आधारित एक डेटा सेन्टर कम्पनी मेगास्पीडसँग सम्बद्ध छिन्। जासुसका छोराछोरीलाई समेत आफू रुसी भएको थाहा थिएनअमेरिकाका गोप्य सूचना चीनलाई बेच्ने सीआईएका पूर्वजासुसलाई १० वर्ष जेल बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
चिनियाँ जासुससँग आफ्ना सीईओको 'सम्बन्ध'बारे छानबिन गर्न एन्भिडियाले रोज्यो ठूलो कानुनी फर्म

Read Complete Original Article
Published originally on बीबीसी नेपाली





