Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

चिनियाँ स्वामित्वको अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले युरोपेली संघ (ईयू) बाट अर्को ठूलो जरिवानाको सामना गर्नुपर्ने हुन सक्छ किनकी ब्रसेल्सले मंगलबार टेमुमाथि उपभोक्ताहरूलाई असुरक्षित वस्तुहरूको बिक्रीबाट जोगाउन नसकेको आरोप लगाएको छ। यसअघि मे महिनामा पनि, खतरनाक बालबालिकाका खेलौना र त्रुटिपूर्ण चार्जरलगायत अवैध उत्पादनहरू बिक्री गर्न दिएको भन्दै युरोपेली संघले टेमुलाई २० करोड युरो (२२ करोड अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको थियो। युरोपेली आयोगका अनुसार, टेमु (Temu) ले अवैध उत्पादनहरू बिक्रीमा आउने जोखिमलाई कम गर्न उचित, समानुपातिक र प्रभावकारी उपायहरू लागू नगरेर’ ‘डिजिटल सेवा ऐन’ (डिएसए) अन्तर्गतका थप नियमहरू उल्लंघन गरिरहेको छ। टेमुले आयोगको प्रारम्भिक धारणाप्रति आफू ‘सम्मानपूर्वक’ असहमत रहेको जनाएको छ। सन् २०२३ मा युरोपेली संघको बजारमा प्रवेश गरेको यो कम्पनी त्यहाँ निकै लोकप्रिय छ र यसका १२ करोडभन्दा बढी प्रयोगकर्ताहरू छन्। ‘डिजिटल सेवा ऐन’ अन्तर्गत, कम्पनीको कुल वार्षिक विश्वव्यापी कारोबारको ६ प्रतिशतसम्म जरिवाना हुन सक्छ। युरोपेली संघका एक वरिष्ठ अधिकारीका अनुसार, मंगलबार सार्वजनिक निष्कर्षहरू टेमुले आफ्ना प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न अपनाएका उपायहरूसँग सम्बन्धित छन्। जबकि, मे महिनाको जरिवाना भने प्लेटफर्मले कस्ता खतराहरू निम्त्याउन सक्छ भन्ने कुरा बुझ्नका लागि उचित ‘जोखिम मूल्यांकन’ गर्न नसकेको विषयमा केन्द्रित थियो। ‘अनलाइन संसारलाई अझ सुरक्षित बनाउँदै’ युरोपेली संघले जनाएअनुसार, उत्पादनहरूले संघका सुरक्षा मापदण्डहरू पूरा गरेका छन् कि छैनन् भनी जाँच गर्न टेमुसँग प्रभावकारी नियन्त्रण संयन्त्र थिएन। उच्च जोखिम भएका वस्तुहरूको श्रेणीमा खेलौना, इलेक्ट्रोनिक्स र सौन्दर्य प्रसाधनहरू (कस्मेटिक्स) पर्छन्। ब्रसेल्सले यो पनि बताएको छ कि टेमुको कारबाही प्रणाली पर्याप्त रूपमा निरुत्साहित गर्ने खालको छैन। यसमा विक्रेताहरूले सुरक्षा जाँचमा असफल भएका उत्पादनहरू बेच्ने जस्ता गम्भीर उल्लंघनहरू पटक-पटक गर्दा पनि, टेमुले उनीहरूको अनलाइन स्टोर निलम्बन गर्न ढिलाइ गर्ने गरेको पाइएको छ। युरोपेली संघका नियामकहरूले टेमुको ‘मोडरेसन प्रणाली’ ले असुरक्षित र अवैध उत्पादनहरू उपभोक्तासमक्ष पुग्नबाट रोक्न नसकेको फेला पारेका छन्। यो प्रणाली उत्पादनको सुरक्षाभन्दा पनि कम्पनीका आफ्नै आन्तरिक नियमहरूको पालना गराउनमा बढी केन्द्रित देखिन्छ। युरोपेली संघकी प्रविधि प्रमुख हेन्ना भिरकुनेनले एक विज्ञप्तिमा भनिन्, “अनलाइन किनमेल गर्दा अवैध र असुरक्षित उत्पादनहरू खरिद गर्ने जोखिम हुनु हुँदैन।” उनले थपिन्, “टेमुविरुद्धका यी प्रारम्भिक निष्कर्षहरूले अनलाइन संसारलाई अझ सुरक्षित बनाउने दिशामा अर्को कदम अघि बढाएका छन्।” साना पार्सलहरूमा शुल्क डिजिटल सेवा ऐन कानुन, विश्वका सबैभन्दा ठूला अनलाइन खुद्रा विक्रेताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र खोज इन्जिनहरूको निगरानीका लागि युरोपेली संघ (ईयू) सँग उपलब्ध व्यापक कानुनी संयन्त्रको एक हिस्सा हो। अब टेमुसँग ईयूका कागजातहरू अध्ययन गर्ने र लिखित रूपमा जवाफ दिने अधिकार छ। कम्पनीले भनेको छ कि उसले अनुपालन पूर्वाधार र मानवीय विज्ञतामा ठूलो लगानी गरेको छ, साथै अवैध उत्पादनहरूसँग जोडिएका जोखिमहरूलाई प्रभावकारी रूपमा कम गर्न विभिन्न नियन्त्रण उपायहरू लागू गरेको छ। कम्पनीले भन्यो, “हामी प्रारम्भिक निष्कर्षहरूको सावधानीपूर्वक समीक्षा गरी जवाफ दिनेछौं र आयोगसँग रचनात्मक रूपमा सहकार्य जारी राख्नेछौं।” सन् २०२४ मा सुरु भएको टेमु सम्बन्धी अनुसन्धान, डिएसएअन्तर्गत भइरहेका धेरै अनुसन्धानहरूमध्ये एक हो; यसमा चीनको अलीएक्सप्रेस र चिनियाँ मूलको शिन माथि भइरहेका अनुसन्धानहरू पनि समावेश छन्। युरोपेली संघले जुलाई महिनामा अलीएक्सप्रेसको प्लेटफर्ममा अवैध सामानहरू बिक्री भएको भन्दै कम्पनीलाई ५५० मिलियन युरो जरिवाना गरेको थियो। उपभोक्ताहरूले ईयु बाहिरबाट धेरै सामानहरू खरिद गरिरहेका छन्, जसको मुख्य कारण सस्तो मूल्य हो; तर ब्रसेल्सले अब साना पार्सलहरूको आयातमा कडाइ गरिरहेको छ। गत वर्ष, यस क्षेत्रमा करिब ६ अर्ब साना पार्सलहरू भित्रिएका थिए (जसमध्ये अधिकांश चीनबाट आएका हुन्), जुन अघिल्लो वर्षको करिब ४.६ अर्बको तुलनामा बढी हो। युरोपेली संघले यस महिना इयु बाहिरबाट आउने पार्सलहरूमा दुई युरो ‘ह्यान्डलिङ शुल्क’ (व्यवस्थापन शुल्क) तोकेको छ। यसअघि, कम मूल्यका पार्सलहरूमा तीन युरो शुल्क लगाइएको केही महिनापछि नै यो नयाँ व्यवस्था आएको हो। The post चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने
TechnologyJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन्। चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार उक्त निर्देशिकामा स्रोतहरूको पुनःप्रयोग प्रणाली विकासका लागि १६ वटा प्रमुख कार्य समेटिएका छन्। निर्देशिकामा विशेषगरी विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनबाट निस्कने ठोस फोहोरको संकलन, व्यवस्थापन तथा विघटन ...

टेक्नोलोजी खबर
टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना
TechnologyJust now

टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालयमा पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पुर्याउन सरकारले काम गरिरहेको बताए। छलफलमा काठमाडौँ क्षेत्र नं ...

टेक्नोलोजी खबर
सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ सेमिनार सम्पन्न
TechnologyJust now

सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ सेमिनार सम्पन्न

२ मंसिर, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटेड आवर कल्चर, कनेक्टि्ड आवर पिपुल, इनर्जीइज्ड सिटिजन्स” कार्यक्रम आयोजना गरेको छ। सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा […] The post सिटिजन्स बैंकको मधेश ...

आइसिटी फ्रेम
बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै
TechnologyJust now

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

प्रहरीले बरामद गरेको १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ। The post बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै appeared first on Technology Khabar. ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play