Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ८४ हजार पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ८४ हजार पर्यटक
Photo / Coverage: नेपालन्युज

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ८४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक मसान्तसम्म कुल ८४ हजार ५४ जना पर्यटक निकुञ्ज पुगेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भ्रमण गर्नेहरूमध्ये नेपाली पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ। यस अवधिमा ४५ हजार ३६८ नेपाली, तीन हजार ७८७ सार्क राष्ट्रका र ३४ हजार ८९९ अन्य विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु तथा जैविक विविधताका लागि परिचित छ। यहाँ दुर्लभ एकसिङे गैँडा, पाटेबाघ, हात्ती र घडियाल गोही अवलोकन गर्न पर्यटक आउने गर्दछन्। प्राकृतिक वातावरण र चराचुरुङ्गी पनि निकुञ्जका मुख्य आकर्षण रहेको तिवारीले बताए। गत आर्थिक वर्ष २०८२/८३ मा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए, जसमा एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क राष्ट्रका र ८८ हजार ६६५ अन्य विदेशी पर्यटक थिए। निकुञ्जले यस चार महिनाको अवधिमा १० करोड छ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ। त्यसमध्ये पर्यापर्यटनबाट मात्र नौ करोड ७३ लाख १६ हजार पाँच सय रुपियाँ प्राप्त भएको छ। बाँकी राजस्व काठ, दाउरा, गैरकाष्ठ वनपैदावार बिक्री, दण्डसजाय र अन्य शीर्षकबाट सङ्कलन भएको हो। गत आर्थिक वर्षमा निकुञ्जले कुल ३१ करोड एक लाख ६४ हजार ५५१ रुपियाँ राजस्व सङ्कलन गरेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
Latest NewsJust now

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा वर्षाको सम्भावना छैन। सबै सहरहरूमा वर्षाको सम्भावना शून्य... ...

रातोपाटी
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Latest NewsJust now

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले ...

केन्द्रबिन्दु
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
Latest NewsJust now

बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement