Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोज एनपीएलको क्वालिफायर २ मा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोज एनपीएलको क्वालिफायर २ मा प्रवेश
Photo / Coverage: नेपालन्युज

काठमाडौं। चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले अघिल्लो चरणमा स्थान पक्का गरेको हो। यो जितसँगै चितवनले फाइनल प्रवेशका लागि भोलि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित काठमान्डु भने प्रतियोगिताबाट बाहिरिएको छ। कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो। चितवनका लागि कामिल मिशाराले नटआउट १२० रनको शतकीय इनिङ्स खेले। उनले ५३ बलमा शतक पूरा गर्दै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान बनाएका छन्। यसअघि यो कीर्तिमान मार्क वाटको नाममा ११४ रनको थियो। त्यस्तै, कप्तान रवि बोपाराले ४२ बलमा ५३ रनको अर्धशतकीय योगदान दिए। काठमान्डुका लागि करण केसी र राशिद खानले दुई-दुई विकेट लिए। २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो। काठमान्डुका लागि भीम सार्कीले नटआउट ३० र विलियम बोसिस्टोले ३७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। चितवनको बलिङमा रिजन ढकालले चार र उसामा मीरले तीन विकेट हात पारे। कुशल मल्ल र सलाहुद्दिन खानले एक-एक विकेट लिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए
Latest NewsJust now

चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म भित्रिने कुल पर्यटकमध्ये ५७ हजार... ...

रातोपाटी
क्वालिफायरमा विपक्षी को छ भन्ने कुराले खासै फरक पार्दैन : कामिल मिशारा
Latest NewsJust now

क्वालिफायरमा विपक्षी को छ भन्ने कुराले खासै फरक पार्दैन : कामिल मिशारा

काठमाडौँ । चितवन राइनोजका ब्याटर कामिल मिशाराले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित महत्त्वपूर्ण रहेको बताएका छन् । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो... ...

रातोपाटी
सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत
Latest NewsJust now

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

• सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गर्दै जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ। • यस निर्णयले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमा रहने कानुनी आधारलाई बलियो बनाएको छ। • तीन तहका अदालतहरूले मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर गर्दै धर्मशालाको व्यवस्थापन र सञ्चालन कोषको मातहतमा ल्याउने ...

नेपालबहस
पाथीभरा केबलकारको काम रोकिएकै बेला ‘नो केबलकार समूह’ले दियो आन्दोलनको चेतावनी
Latest NewsJust now

पाथीभरा केबलकारको काम रोकिएकै बेला ‘नो केबलकार समूह’ले दियो आन्दोलनको चेतावनी

ताप्लेजुङ सदरमुकाम फुङलिङ, काठमाडौंको माइतीघरलागायतका स्थानमा पत्रकार सम्मेलन तथा विरोध प्रदर्शन गरेर निर्माणको चलखेल भएको भन्दै खबरदारी गरिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play