चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द

चितवन। चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशका कारण गत साउन १० गतेदेखि यहाँको परीक्षा प्रक्रिया रोकिएको हो। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले निजी ट्रायल सेन्टरको सेवामा रोक लगाएपछि परीक्षा प्रक्रिया अवरुद्ध भएको छ। परीक्षा बन्द हुँदा पुनःसीप परीक्षा दिने तयारीमा रहेका ८०० जनासहित साप्ताहिक रूपमा परीक्षा दिने करिब दुई हजार सेवाग्राही प्रभावित भएका छन्। अदालतले उक्त सेन्टरमा गरिएको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया सुरु गर्न आदेश दिएको थियो। तर, मन्त्रालयबाट कुनै पनि निर्देशन वा परिपत्र नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको पौडेलले जानकारी दिए। उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।” हाल कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र र रुट परमिट वितरणबाहेकका अन्य काम गर्न पाएको छैन। ट्रायल सेन्टर सञ्चालनमा रहँदा एक पटकमा ४०० जना सेवाग्राहीले लिखित तथा सीप परीक्षा दिने गरेका थिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


