Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ नेपाल प्रवेश गर्ने भएको छ। कम्पनीले चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नामक लक्जरी होटल नोभेम्बर २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो। भारत, भुटान र श्रीलंकापछि नेपाल ब्रान्डको चौथो देश हुनेछ। चितवन राष्ट्रिय निकुञ्जको बफर जोनसँग जोडिएको राप्ती नदी किनारमा निर्माण गरिएको होटलमा २२ वटा कोठा तथा सुइट रहनेछन्। प्रत्येक कोठा तथा सुइट करिब १ हजार ३०० वर्गफिटदेखि सुरु हुने र नदी वा जंगलतर्फको दृश्यावलोकन गर्न मिल्ने निजी सिटआउटसहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। होटलमा करिब ५ हजार वर्गफिटको दुई बेडरुमयुक्त प्रेसिडेन्सियल सुइटसमेत रहनेछ। उक्त सुइटमा निजी स्विमिङ पुलको सुविधा हुनेछ। होटलले चितवनको वन्यजन्तु पर्यटनलाई लक्जरी हस्पिटालिटीसँग जोड्ने लक्ष्य लिएको छ। होटलबाट राप्ती नदी किनारमा एकसिंगे गैँडा, गोही तथा अन्य वन्यजन्तु देख्न सकिने सम्भावना रहेको कम्पनीको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ देखि युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। निकुञ्जमा एकसिंगे गैँडा, बंगाल टाइगर, चितुवा, भालु, घडियाललगायत वन्यजन्तु पाइन्छन्। कम्पनीका अनुसार यहाँ ५२५ भन्दा बढी प्रजातिका चरा पाइने भएकाले चरा अवलोकनका लागि पनि महत्वपूर्ण गन्तव्य हो। होटलमा ‘ट्री टप्स’ नामक इनडोर–आउटडोर रेस्टुरेन्ट तथा बार रहनेछ। त्यस्तै थारू समुदायको खानपान परम्पराबाट प्रेरित खुला बार्बिक्यु अनुभवका लागि ‘ट्राइबल सर्कल’ सञ्चालन गरिनेछ। स्विमिङ पुल, स्पा ट्रिटमेन्ट रुम, स्टिम रुम, साउना तथा जंगल अवलोकनका लागि विशेष भ्यूइङ डेकसमेत होटलको मुख्य आकर्षण रहनेछन्। होटलले पाहुनाका लागि प्राकृतिक विज्ञको नेतृत्वमा जिप सफारी, जंगल वाक, राप्ती नदीमा क्यानोइङ, बर्डवाचिङ तथा नजिकका थारू गाउँ भ्रमणको व्यवस्था गर्ने जनाएको छ। कम्पनीका अनुसार काठमाडौं–भरतपुर हवाई यात्रा करिब २५ मिनेटको हुनेछ भने भरतपुर विमानस्थलबाट होटल पुग्न करिब ४० मिनेट लाग्नेछ। द पोस्टकार्ड होटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले चितवन नेपालका हिमालभन्दा फरक तर उत्तिकै महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दै स्थानीय वातावरण, वन्यजन्तु र समुदायसँग मेल खाने होटल निर्माणमा जोड दिइएको बताएका छन्। होटलकी मालिक सवाना वैद्य बस्नेतले परियोजना केवल हस्पिटालिटी व्यवसाय नभई संरक्षण पर्यटनसँग जोडिएको बताएकी छन्। उनका अनुसार नेपाललाई हिमालबाहेक तराईका जंगल, नदी, वन्यजन्तु र स्थानीय संस्कृतिमार्फत पनि विश्व बजारमा चिनाउने उद्देश्य परियोजनाको छ। द पोस्टकार्ड होटलले सेप्टेम्बर २०२६ मा माल्दिभ्समा सम्पन्न वल्र्ड ट्राभल अवाड्र्स एसिया, ओसिनिया एन्ड इन्डियन ओसन समारोहमा १२ वटा अवार्ड जितेको थियो। कम्पनीले लगातार अर्को वर्ष पनि ‘एसियाज लिडिङ बुटिक होटल ब्रान्ड’ उपाधि प्राप्त गरेको जनाएको छ। नेपालमा सञ्चालनमा आउने होटलको एक सुइटको मूल्य १ लाख ३६ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। उक्त मूल्यमा ‘एनीटाइम ब्रेकफास्ट’ तथा ‘एनीटाइम चेक–इन एन्ड चेक–आउट’ सुविधा समावेश हुनेछ। सन् २०१८ मा स्थापना भएको द पोस्टकार्ड होटलले हाल भारत, भुटान र श्रीलंकामा १३ वटा लक्जरी होटल सञ्चालन गरिरहेको छ। नेपाल प्रवेशसँगै कम्पनीले दक्षिण एसियाका विशिष्ट प्राकृतिक तथा सांस्कृतिक गन्तव्यमा आफ्नो उपस्थिति थप विस्तार गर्ने भएको छ। The post चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन्
Latest NewsJust now

नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन्

नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

हाम्राकुरा
नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति
Latest NewsJust now

नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी, नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा ...

लुम्बिनी सञ्चार
बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते
Latest NewsJust now

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

बुधबार राति ८ बजेतिर डडेलधुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो । ...

कान्तिपुर
इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा
Latest NewsJust now

इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इनम सापकोटा र उनीजस्ता बिचौलियासँग आफ्नो कुनै चिनजान नरहेको स्पष्ट पारेका छन्। बुधबार शीर्ष नेताहरूको बैठकमा बोल्दै उनले आफूले कसैलाई पनि पैसा नदिएको दाबी गरेका हुन्। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले १८ करोड रुपैयाँ दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको थापाले बताए। उनले भने, ‘तपाईंहरूलाई लाग्न सक्छ, मेरो सभापतिले पैसा खुवायो कि भन्ने। तर म स्पष्ट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play