काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार जारी दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो । चितवनका लागि डेविड मिलरले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ५१ बलको सामना गर्दै उक्त रन बनाएका हुन् । चितवनले सुरुवातमै दुई ओपनर गुमाएको थियो । अघिल्लो दिन काठमाडौं गोर्खाजविरुद्ध शतक बनाएका कामिल मिशारा ३ बलमा ४ रन जोड्दै आउट भए । अर्का ओपनर देव खनाल पनि ९ बलमा ६ रन बनाएर पवेलियन फर्किए । आजको दोस्रो क्वालिफायरको विजेता टोलीले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ ।
चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य प्रस्तुत

Read Complete Original Article
Published originally on नेपालन्युज






