चितवनका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन । विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन । विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दसैँमा नभएको बताउँछन्। उनले भने, “अघिल्ला वर्षहरूमा दसैँमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ ।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दसैँ मनाउने योजना रहेको उनले जानकारी दिए। अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउँछन्। अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उनले बताए। उनले भने, “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष ।” टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उनले जानकारी दिए। कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उनले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताए। अघिल्ला वर्षहरूमा यहाँ बसेर दसैँ मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उनको भनाइ छ। अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ। अघिल्ला वर्षहरूमा दसैँको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन् । उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन्। विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दसैँ बाढीपहिरोले लगेको बताउँछिन्। देश नै शोकमा रहेको समयमा उत्साहसहित दसैँ मनाउने सोच आफूहरूमा नरहेको उनले बताइन्। अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन् । कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताए। आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उनले बताए । अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उनको भनाइ छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आन्द्रे रसेल विराटनगर किंग्समा
काठमाडौं।वेस्ट इन्डिजका विस्फोटक अलराउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विराटनगर किंग्सले आइतबार ३८ वर्षीय रसेललाई अनुबन्ध गरेको जनाएको हो। यसअघि टोलीले श्रीलंकाका कप्तान चरित असलंकालाई पनि अनुबन्ध गरिसकेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा आफ्नो क्षमता देखाइसकेका रसेल आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित छन्। उनले हालसम्म ...

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गृहमन्त्री
शनिबार र आइतबार गृहमन्त्री सुधन गुरुङ बाढीले भत्काएका सडक र पुलको निरीक्षणमा व्यस्त रहे । चुमनुब्री, आरुघाट र धार्चे क्षेत्रका बाढी प्रभावितले गृहमन्त्रीलाई झोलुंगे पुल पुनर्निर्माणदेखि सडक सञ्चालन गर्नुपर्ने माग राखेका थिए । ...

रसेलले भने– विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु नै मेरो मुख्य लक्ष्य
तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्समा आबद्ध भएका वेस्ट इन्डियन आन्द्रे रसेलले टोलीलाई उपाधि जिताउन योगदान गर्ने बताएका छन्। विराटनगर किंग्ससँग आबद्ध भएपछि उनले उत्साहित रहेको बताउँदै समर्थकलाई खेल मनोरञ्जनका लागि आतुर रहेको टिप्पणी गरेका हुन्। ‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छ... ...

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन ...


