चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बाँके। बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ। गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानको गोठमा पुगेर पशु स्वास्थ्य प्राविधिकले खोप लगाइरहेका छन्। लुम्बिनी प्रदेश सरकारको कार्यक्रमलाई सो केन्द्रले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरेको हो। जिल्लाको खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गर्न भने हालसम्म चासो नदेखाएको केन्द्रका सूचना अधिकारी रावलले जानकारी दिए। लम्पी स्कीन रोग पक्सभाइररिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातीको लम्पी स्कीन डिजिज भाइरसका कारण अत्याधिक सङ्ख््यामा गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमा बिहीन पशुरोग भएकोले रोकथामको लागि खोप अभियान प्रभावकारी हुने जनाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
काठमाडौं।जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ...

अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाएको कूटनीतिक पहलले सफलता पाएको छ। अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने निर्णय गरेको छ। बिहीबार बसेको कोषको विशेष बोर्ड […] ...

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। ... ...

मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्
आगामी मंगरबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित हुन नपर्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई संकेत गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्। ‘आगामी... ...


