चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा

बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए। यी पर्वहरूले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने सन्देशमा भनिएको छ। यस वर्षका चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई पनि आफूहरुले गम्भीरतापूर्वक स्मरण गर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले विशेषगरी भोटेकोसी तथा बूढीगण्डकीमा आएको बाढीका कारण नागरिकहरूको पीडाले सबैलाई मर्माहत बनाएको बताए। विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले प्रभावितहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको बताए। प्रदेश सरकार विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको सन्देशमा भनिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल
गण्डकी । कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी ...

विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं। बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय ...
मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ४ गते । हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि... ...

दशैँमा नगरपालिकाले दियो मासुसहित खाद्यन्न
अलपत्र परेका निर्माण मजदुरहरूलाई धादिङको नीलकण्ठ नगरपालिकाले मासुसहितका खाद्यान्न सामग्री उपलब्ध गराएको छ। ...


