Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

10/18/2026, 8:50:15 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र दुर्घटनाजस्ता आपराधिक तथा जोखिमपूर्ण गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देश जारी गर्दै आपसी सद्भाव कायम राखेर जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो। चाडपर्वको समयमा घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ। घर छाड्दा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि भन्न तथा सम्भव भएसम्म सीसीटीभी र आपत्कालीन साइरनजस्ता प्रविधि प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ। त्यस्तै, मेलापर्व तथा भीडभाड हुने स्थानमा गहना, मोबाइल र नगद चोरी हुन सक्ने भएकाले पाकेटमारीबाट जोगिन, रातिको समयमा घरबाहिरको बत्ती बाल्न तथा दियो वा मैनबत्ती बाल्दा आगलागी हुन नदिन विशेष सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ। बैंकको एटीएम कार्ड र ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन, यात्राका क्रममा अपरिचितले दिएको खानेकुरा नखान, सुन तथा डलर साट्ने नाममा हुने ठगीबाट जोगिन र जुवातासजस्ता गैरकानुनी गतिविधिबाट टाढा रहनसमेत अपिलमा उल्लेख छ। पटका, भुइँचम्पा र आतिसबाजीजस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न, चर्को आवाजमा लाउडस्पिकर नबजाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नबोक्न पनि प्रहरीले आग्रह गरेको छ। चाडपर्वका बेला कुनै समस्या वा आपत्कालीन अवस्था आएमा नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा तत्काल सम्पर्क गर्न सकिने गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कुन बजार जाने, कस्ता लुगा किन्ने ?
OthersJust now

कुन बजार जाने, कस्ता लुगा किन्ने ?

चाहे तपाईं भिडभाड छिचोल्दै असन-न्युरोडमा गएर बार्गेनिङ गर्दै लुगा किन्नुस् वा मोबाइलमा एक क्लिक गरेर अफरमा घरमै मगाउनुस्, बजारमा ‘छानिछानि’ र अनलाइनमा ‘जानीजानी’ किनमेल गर्नुभयो भने तपाईंको दसैं गजबकै बन्ने छ । ...

अनलाइन खबर
दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू
OthersJust now

दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू

दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो । यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलको भ्रमणले बिदालाई थप अविस्मरणीय बनाउन सक्छ । ...

अनलाइन खबर
प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?
OthersJust now

प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?

इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ । म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि जितेको छ । आर्सनल चार र लिभरपुल दुई उपाधिसहित शीर्ष पाँचमा छन् । सन् २०२५–२६ को सिजनमा आर्सनल च्याम्पियन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play