चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले दसैँलगायत चाडपर्वका समयमा आकस्मिक उपचार, प्रसूति सेवा र नियमित डायलासिस गराइरहेका बिरामीका लागि आवश्यक रगतको अभाव नरहेको जनाएको छ। सोमबार न्युज एजेन्सीसँग कुरा गर्दै केन्द्रका प्रतिनिधि सञ्जीव यादवले हाल केन्द्रमा पर्याप्त रगत मौज्दात रहेको जानकारी दिनुभएको हो। चाडपर्वका समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै विभिन्न स्थानमा रक्तदान शिविर सञ्चालन गरी रगत सङ्कलन गरिएको उहाँले बताउनुभयो। यद्यपि, नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुन सक्ने उहाँले जानकारी दिनुभयो। केन्द्रले नेगेटिभ समूहको रगत नियमित रूपमा सङ्कलन गरेर नराख्ने भएकाले मागअनुसार तत्काल उपलब्ध गराउन केही समस्या हुने उहाँको भनाइ छ। यादवका अनुसार दसैँका समयमा नियमित स्वास्थ्य सेवाहरू प्रभावित हुन सक्ने भए पनि आकस्मिक उपचारका लागि आवश्यक रगतको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सडक दुर्घटनामा घाइते भएका व्यक्ति, प्रसूति सेवा लिनुपर्ने महिला तथा नियमित डायलासिस गराइरहेका बिरामीलाई रगतको आवश्यकता पर्ने भएकाले सम्भावित अवस्थालाई ध्यानमा राखेर मौज्दात व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। उहाँले आकस्मिक अवस्थामा रगतको माग बढ्न सक्ने भएकाले नियमित रक्तदातासँग सम्पर्क र समन्वयसमेत गरिएको जानकारी दिनुभयो। आवश्यक परेमा तत्काल रगत उपलब्ध गराउन सेना तथा प्रहरीका जवानहरूसँग पनि समन्वय गरिएको उहाँको भनाइ छ। चाडपर्वका समयमा रक्तसञ्चार सेवा प्रभावित हुन नदिन आवश्यक जनशक्तिको व्यवस्थापन गरी नियमित कार्यतालिकाअनुसार सेवा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। यादवले भन्नुभयो, “हाल हामीसँग रगतको उपलब्धता सहज छ। चाडपर्वका समयमा रगतको अभाव नहोस् भनेर हामीले निरन्तर रक्तदान शिविर सञ्चालन गर्यौँ। शिविरबाट सङ्कलित रगत दसैँमा समस्या नहोस् भनेर सञ्चित गरेका छौँ। आकस्मिक दुर्घटना, प्रसूति सेवा र नियमित डायलासिस गराइरहेका बिरामीका लागि आवश्यक रगतको व्यवस्था गरेका छौँ।” उहाँले नेगेटिभ समूहको रगतको माग आएमा भने व्यवस्थापनमा कठिनाइ हुन सक्ने उल्लेख गर्दै अन्य समूहको रगतको उपलब्धतामा तत्काल कुनै समस्या नरहेको बताउनुभयो। हाल रगतको अभाव नरहे पनि आकस्मिक आवश्यकता जुनसुकै बेला उत्पन्न हुन सक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ। उहाँले रगतको उपलब्धता अझ सहज बनाउन इच्छुक नागरिकलाई रक्तदान गर्नसमेत आग्रह गर्नुभएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गरेर छैठौ स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो । ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८९ रन बनाएका थिए भने हम्माद मिर्जाले ८७ रन बनाएका थिए । त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ...

प्लेयर अफ द म्याच बनेका दीपेन्द्रले के भने ?
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा विकेट राम्रो भए पनि विपक्षी टोलीले राम्रो साझेदारी गर्दा दबाब बढेको बताएका... ...

दसैँ साधना र आत्मचिन्तनको पर्व हो, खानेपिउनेमा मात्रै सीमित नबनाऔँ : संस्कृतिविद् टण्डन
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन् । गुठी संस्थान... ...

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित
ओमानको अल अमेरतस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ...


