Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

चलचित्र विधेयकका २६ दफामा १२२ संशोधन प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र विधेयकका २६ दफामा १२२ संशोधन प्रस्ताव
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। चलचित्र विधेयक, २०८१ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल भएको छ। समितिको बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, समस्या र सुधारका विषयमा धारणा राखेका छन्। समिति सभापति डा. ओजस्वी शेरचनका अनुसार विधेयकका २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्। छलफलमा सांसदहरूले चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउन आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक र पछाडि पारिएका समुदायमाथि चलचित्रमा विभेदकारी भाषा तथा व्यवहार प्रयोग हुन नदिन कानुनी व्यवस्था गर्नुपर्ने बताइन्। समाजमा जनचेतना अभिवृद्धि गर्ने चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। सांसद सुशीला ढकाल (आचार्य)ले चलचित्र विकास बोर्डलाई अधिकारसम्पन्न बनाउने, राज्यका तर्फबाट चलचित्र क्षेत्रलाई सहजीकरण गर्ने र सेन्सरसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताइन्। सांसद गणेशबहादुर विश्वकर्माले चलचित्र जाँच समितिको नाम परिवर्तन गरी चलचित्र वर्गीकरण समिति बनाउन सुझाव दिए। त्यस्तै, सांसद प्रकाशचन्द्र परियारले चलचित्रलाई भाषा, संस्कृति र मौलिक कल्पना प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए। सांसद सुभल खरेलले चलचित्र जाँच समितिको निर्णयमा चित्त नबुझे मन्त्रालयमा उजुरी गर्न सकिने व्यवस्था राख्नुपर्ने र कमल सुवेदीले सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट पार्नुपर्ने सुझाव दिए। विधेयकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित गर्ने र बक्स अफिस प्रणाली अनिवार्य गर्ने प्रस्ताव छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र भूमिकालाई सम्बोधन गर्न नयाँ कानुन ल्याउन लागिएको बताए। चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सूचना, सिर्जनशीलता र आर्थिक विकासमा योगदान गर्ने उद्योगका रूपमा विकास गर्ने उद्देश्य रहेको उनले बताए। मन्त्री तिमिल्सिनाले सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने बताए। चलचित्र विकास बोर्डको भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था स्पष्ट गरी संस्थागत क्षमता, स्वायत्तता र अधिकार बढाउनुपर्ने उनको धारणा थियो। समिति सभापति शेरचनले सरोकारवालासँग थप छलफल गरी विधेयकलाई परिष्कृत बनाइने बताइन्। सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्न विधेयक अघि बढाएको हो। विधेयकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित गर्ने र बक्स अफिस प्रणाली अनिवार्य गर्ने प्रस्ताव छ। चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजातिका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय पनि समेटिएका छन्। नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, विदेशी चलचित्र छायाङ्कनका लागि नेपाललाई आकर्षक गन्तव्य बनाउने र चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत विधेयकले राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित
Latest NewsJust now

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित

काठमाडौँ। अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल प्रतिनिधिसभाको अर्थ समितिमा सर्वसम्मतिले सम्पन्न भएको छ। समितिको आजको बैठकमा विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरिएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए। उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक ...

नेपालन्युज
प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित छौं -मोरङ उद्योग व्यापार संघ
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित छौं -मोरङ उद्योग व्यापार संघ

काठमाडौं । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट आफूहरु उत्साहित भएको जनाएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्रीको भ्रमणले दुई देश बीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यका लागि भ्रमण कोशेढुंगा साबित भएको र सम्बन्ध सुधारमा नयाँ आयाम थपेको जनाएको हो । मुख्यरुपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादिप ...

केन्द्रबिन्दु
प्रदेशमै मतपत्र छाप्ने तयारी गर्दै निर्वाचन आयोग
Latest NewsJust now

प्रदेशमै मतपत्र छाप्ने तयारी गर्दै निर्वाचन आयोग

जनक शिक्षा सामग्री केन्द्रभन्दा कम लागतमा मतपत्र छाप्न सक्ने निजी छापाखाना खोजिरहेको आयोगले स्थानीय तहमा प्रमुख–उपप्रमुख र वडाका पदाधिकारीका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने विकल्पमा पनि अध्ययन गरिरहेको छ । ...

कान्तिपुर
निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
Latest NewsJust now

निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

अनिल पराजुलीमकवानपुर, मङ्सिर ८ गते । निर्वाचन आयोगको कार्यालय, हेटौँडाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको २० औँ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुखसमक्ष... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement