चन्द्र भण्डारीकाे प्रश्न : विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान र गरिमालाई लाम लगाउँछ ?

काठमाडौं, कात्तिक १४। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले विचौलियाको प्रभाव र स्वार्थका कारण स्वाभिमान, गरिमा तथा मूल्य–मान्यतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विचौलियासँग त्यस्तो के चुम्बक रहेको छ, जसले स्वाभिमान, गरिमा र मूल्य–मान्यतालाई समेत लाम लगाउन सक्ने भन्दै प्रश्न गर्नुभएको हो। उहाँले विचौलियाको प्रभाव पछाडि पद, पैसा वा स्वार्थमध्ये के कारण रहेको छ भन्ने प्रश्नसमेत उठाउनुभएको छ। ‘विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान, गरिमा र मूल्य–मान्यतालाई लाम लगाउन सक्ने ? त्यो चुम्बक पद,पैसा ,स्वार्थ के हो ?’, भण्डारीकाे प्रश्न छ । विचौलिया शक्तिशाली भएर नभई आफ्नै स्वाभिमान बिर्सनेहरूलाई पदको भारी बोकाइएका कारण यस्तो अवस्था सिर्जना भएको भण्डारीको टिप्पणी छ। ‘जहाँ इमान बिक्छ, त्यहाँ स्वार्थले शासन गर्छ र प्रश्न व्यक्ति होइन, प्रणालीमाथि पनि उठ्छ,’ उहाँले लेख्नुभएको छ। आफैँलाई चिन्न नसक्ने व्यक्तिले स्वार्थ र लोभको प्रभावबाट कसरी मुक्ति पाउन सक्छ भन्दै भण्डारीले नैतिकता, स्वाभिमान र संस्थागत प्रणालीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ। ‘आफैँलाई नचिन्नेले स्वार्थ र लोभको प्रभावबाट कसरी मुक्ति पाओस् ?’, उहाँकाे भनाइ छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

पत्रकार पक्राउ पर्नु प्रेस स्वतन्त्रता विरोधी काम हो
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको विषयमा छलफल गर्दै छानबिन गर्न आग्रह गरेको छ । श... ...

अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौँ, कात्तिक १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका प... ...

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई य... ...


