चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी

काठमाडौँ । बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रबाट करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । मौसम विभागले राज्यका विभिन्न तटीय जिल्लामा भारी वर्षाको चेतावनी दिएको छ । माछा मार्न समुद्रमा गएका तथा जाने तयारीमा रहेका मछुवालाई अक्टोबर २९ सम्म समुद्रमा नजान आग्रह गरिएको छ । आन्ध्र प्रदेशसँग सीमा जोडिएको ओडिशामा पनि चक्रवातको प्रभाव पर्ने अनुमान गरिएको छ । त्यहाँ उद्धार तथा राहत कार्यका लागि ओडिशा विपद् द्रुत प्रतिकार्य बलका ६० टोली परिचालन गरिने भएको छ। चक्रवातको जोखिमलाई ध्यानमा राख्दै राज्यका छ जिल्लामा अक्टोबर २८ र २९ गते विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरिएको छ । यसैबीच, तमिलनाडुमा पछिल्ला तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम विभागले अक्टोबर २७ मा आन्ध्र प्रदेशमा भारी वर्षाको रातो चेतावनी र ओडिशामा सुन्तला चेतावनी जारी गरेको छ । छत्तीसगढ, तेलङ्गाना, तमिलनाडु, पुडुचेरी, केरल, कर्नाटक र रायलसीमामा वर्षाको पहेँलो चेतावनी दिइएको छ। अक्टोबर २८ मा आन्ध्र प्रदेश, छत्तीसगढ, तेलङ्गाना र ओडिशामा भारी वर्षाको रातो चेतावनी जारी गरिएको छ भने झारखण्डमा सुन्तला र पश्चिम बंगालसहित विभिन्न क्षेत्रमा पहेँलो चेतावनी दिइएको छ। The post चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, एमाले–जसपा–जनमतबिच छलफल
जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ । तीनै दलबिच नयाँ गठबन्धन बनाएर... ...

संघीय संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता
काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका विभिन्न समितिमा २४ वटा विधेयक छलफलका क्रममा छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबैभन्दा धेरै पाँचवटा विधेयक विचाराधीन छन् । त्यस्तै, अर्थ समितिमा चारवटा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा […] ...

टीयू मैदान वरपर बढ्न थाल्यो चहलपहल, गाला रंगाएर पुग्दै छन् दर्शक (२७ तस्बिर)
आजदेखि सुरु हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर दर्शकको चहलपहल बढ्न थालेको छ। ५ बजे खेल सुरु हुनुअघि आआफ्नो टोलीको जर्सी लगाएर र गालामा टोलीको लोगो पोतेर दर्शकहरु मैदान पुग्न थालेका हुन्। आज हुने उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्। दुवै... ...

लमजुङका किसानलाई धान थन्क्याउन चटारो
नवीनराज कुइँकेललमजुङ, कात्तिक ९ गते । दसैं सकिएसँगै लमजुङका किसानहरु धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । टारी तथा फाँटहरुमा लगाइएका वर्णशंकर र उन्नत जातका धान पाकेर पहे... ...


