चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ। अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, आज राति देशभर बादल लाग्नेछ। हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ। साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ। साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव
काठमाडौं । इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् । सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते
विद्युत् सर्ट सर्किटपछि तीन फलाम पगाल्ने भट्टीमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइयो। ...

कर्मचारीले राजीनामा दिने क्रम बढ्दै
काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । रा... ...

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने
काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली ...


