चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । केही जिल्लामा मङ्गलबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ । राज्यका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिएको उनको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । द इन्डियन एक्सप्रेस का अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने चार हजार सात सयभन्दा बढी गर्भवती महिलालाई अस्पतालमा सारिएको छ । भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्ण रूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ । आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पु¥याउन सक्ने विभागको अनुमान छ । बङ्गालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई ‘हरिकेन’ र प्रशान्त महासागरमा ‘टाइफुन’ भनिन्छ । यसपटक एल निनो मौसमी घटनाले तापक्रम असाधारण रूपमा बढाएकाले आँधीको मौसम थप शक्तिशाली बनेको समाचारमा उल्लेख छ । यसैबीच, छिमेकी श्रीलङ्कामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ । त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोस्थित विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नागरिक सेवा र चाडपर्व सुरक्षामा समर्पित हुन प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो सम्बोधन गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुने लुटपाट, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गर्नुपर्नेमा जोड दिए। उनले ...

इटहरीमा हुने भनिएको न्यायिक सम्मेलन प्रतिकूल मौसमका कारण स्थगित
इटहरी उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रदेश स्तरीय न्यायीक सम्मेलन स्थगित भएको छ। उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यही कात्तिक १३ र १४ गते कोसी प्रदेशस्तरीय न्यायिक सम्मेलन स्थगित गरिएको जनाएको हो। जल तथा मौसम विज्ञान विभागले कात्तिक ११ गतेदेखि १५ गतेसम्म प्रतिकूल मौसमको सम्भावना रहेको तथा विशेषगरी १३ र १४ गते नेपालमा भारी वर्षा, पहिरो... ...

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ
• लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। • पक्राउ पर्नेमा २३ वर्षीय भावर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन्, जो गुजरातका निवासी हुन्। • प्रहरीले लागुऔषध ल्याउने उद्देश्य र अन्य व्यक्तिहरूसँगको संलग्नता बारे थप अनुसन्धान गर्दैछ। ...

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सको खेल
तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको तेस्रो दिनको खेलका झलक । ...


