Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गर्ने समय आयोः रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गर्ने समय आयोः रवि लामिछाने
Photo / Coverage: टक्सार

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सिमित भएका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन् । उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताएका हुन् । सोमवार जनकपुरधाममा पार्टीका सांसद डा। अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताए । उनले घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिवद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गरे । लामिछानेले मधेस र सिङ्गो देशका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले काम गर्ने क्रममा कमजोरी भए सच्याएर अघि बढ्ने बताए। सभापति लामिछानेले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले मधेससहित सिङ्गो देशका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताका आधारमा नीतिगत सुधार गर्नेछ । नयाँ कानून निर्माण, विद्यमान कानूनको परिमार्जन र नागरिकका हकअधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । घोषणापत्रका प्रतिवद्धतालाई व्यवहारमा उतार्ने यात्रा शुरु भइसकेको छ । चुनौती आए पनि सम्हालिँदै अघि बढ्छौँ ।’ उनले संघीय शासन व्यवस्थाभित्र प्रदेश संरचनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको पनि बताए । प्रदेश संरचनालाई बलियो बनाउने विषयमा रास्वपाले विगतदेखि नै धारणा राख्दै आए पनि त्यसबापत विभिन्न आक्षेप खेप्नुपरेको उनको भनाइ छ । उनले प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, प्रदेशको भूमिका थप स्पष्ट बनाउने र स्थानीय तहलाई नागरिकका आवश्यकताअनुसार अधिकारसम्पन्न बनाउने विषयमा छलफल अघि बढाइने बताए। प्रदेश संरचनाको सुधार र पुनरावलोकनको विषय उठाउँदा अनावश्यक रूपमा तर्सिने वा त्यसको गलत अर्थ लगाउने प्रवृत्ति रहेको भन्दै उहाँले यस्ता बहसबाट पछि हट्न नहुने बताए। लामिछानेले रास्वपाले यस विषयमा छिट्टै राष्ट्रिय बहस शुरु गर्ने र अन्य राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य गर्दै सहमतिका आधारमा अघि बढ्ने पनि बताए । सभापति लामिछानेले भने ‘अब प्रदेश संरचनालाई कसरी मजबुत बनाउने, त्यसलाई जनताको जीविकासँग कसरी जोड्ने र स्थानीय तहलाई थप अधिकारसम्पन्न कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक छ । प्रदेश सरकारहरूलाई स्थिर र प्रभावकारी बनाउँदै संघीय संरचनामा आवश्यक सुधार गर्नुपर्छ । यी विषयमा हुने बहसलाई गलत अर्थमा बुझ्नु हुँदैन । रास्वपाले सबै राजनीतिक दल र शक्तिसँग संवाद तथा सहकार्य गर्दै सहमतिका आधारमा यो बहस चाँडै अघि बढाउनेछ ।’ उनले जनताले रास्वपालाई दिएको मतलाई निर्विकल्प जिम्मेवारीका रूपमा व्याख्या गर्दै आवश्यकता र प्राथमिकता पहिचान गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन
Latest NewsJust now

जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रमबीच रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले अमरेशको पदयात्रा उद्घाटन गरेका हुन्। ...

नेपालन्युज
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति
Latest NewsJust now

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक ...

टक्सार
झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै
Latest NewsJust now

झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play