Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । निर्माण कम्पनी शर्मा जेडआईसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्‍याएर डाँडो काट्न थालिएको हो । बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको उनले जानकारी दिए । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनले बताए । “डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ । यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भने । नेपालका अनुसार चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ । “सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उनले भने । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उहाँको भनाइ छ । सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उनले जानकारी दिए । झण्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ । घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ । एक दिनमा यस सडकमा एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास
Latest NewsJust now

बालेनको भारत भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको औपचारिक राजकीय भारत भ्रमण सफलताको शुभकामना व्यक्त गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्ने कामना गरेका हुन्। नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहँदै आएको उल्लेख गर्दै रास्वपाले यस भ्रमणले ...

केन्द्रबिन्दु
चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्रै
Latest NewsJust now

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्रै

जुम्ला । जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ । जिल्लामा चालु आवका लागि कुल बजेट रु तीन अर्ब ३३ करोड १६ लाख १९ हजार बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको चार दशमलव ६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ...

केन्द्रबिन्दु
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, ठाउँठाउँमा नेपाल–भारतका झण्डा
Latest NewsJust now

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, ठाउँठाउँमा नेपाल–भारतका झण्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो । दुईदिने राजकीय भ्रमणका लागि उहाँ आज भारत प्रस्थान गर्दै ...

हिमालय टाइम्स
दिल्ली उडेका बालेनलाई चीनबाट विपिन आचार्यको सन्देशः सम्झाए रवि लामिछानेसँगको तीन घण्टा लामो संवादको प्रसंग
Latest NewsJust now

दिल्ली उडेका बालेनलाई चीनबाट विपिन आचार्यको सन्देशः सम्झाए रवि लामिछानेसँगको तीन घण्टा लामो संवादको प्रसंग

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ । हाल चीन भ्रमणमा रहेका रास्वपा महामन्त्री विपिनकुमार आचार्यले आइतबार पत्रकारहरूको समूहमा सन्देश पठाउँदै प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल र […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play