Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने विषयमा चौधरीले सेवाग्राहीसँग कमिसन मागेका थिए। विभिन्न बहाना बनाएर दुःख दिएको र रकमका लागि मोलमोलाइ गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । चौधरीले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा फोनपेबाट एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम कैद र बिगोबराबर जरिवानाको सजाय माग गरेको छ । The post घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी
Latest NewsJust now

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी

काठमाडौं। सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल थालेको हो। नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा ...

नेपालन्युज
अस्ट्रेलियामा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दाको तयारी पूरा
Latest NewsJust now

अस्ट्रेलियामा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दाको तयारी पूरा

मेलवर्न (अस्ट्रेलिया), मङ्सिर ११ गते । आइओएफटिसी अस्ट्रेलियाले बिहिबार १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।... ...

गोरखापत्र
६६९ मेगावाटको तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ मा बत्ती बालिने, साढे ११ अर्ब भारुको ठेक्का आह्वान
Latest NewsJust now

६६९ मेगावाटको तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ मा बत्ती बालिने, साढे ११ अर्ब भारुको ठेक्का आह्वान

नेपाल र भारतका प्रधानमन्त्रीद्वय वालेन्द्र शाह र नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेको ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाबाट ४ वर्षपछि बत्ती बालिने भएको छ। यस आयोजनाबाट सन् २०३० को डिसेम्बर ४ मा विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको हो। ७ वर्षअघि सन् २०१९ मा आयोजना गरिएको लगानी सम्मेलनमा शोकेस गरिएको यो परियोजना बल्ल निर्माणको चरणमा प्रवेश गरेको छ। य... ...

नेपालखबर
नेप्सेले माग्यो मार्जिन सुविधाबाट भएको कारोबारको विवरण
Latest NewsJust now

नेप्सेले माग्यो मार्जिन सुविधाबाट भएको कारोबारको विवरण

नेप्सेले यस्तो विवरण प्राप्त भएपछिको अर्को कारोबार दिनमा वेवसाइट मार्फत् सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement