Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल थालेको हो। नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन्। चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकमा विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया थालिएको उनले जानकारी दिइन्। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन पनि सरकारले सहयोग गर्ने व्यवस्था अघि बढाएको छ। स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको योगदान सरकारले जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले बताइन्। उनले विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन्। सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो। सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीले बताइन्। हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ। संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने बताइन्। यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय समितिमा भीम पराजुलीले राखे ‘सनातन हिन्दु राष्ट्र’को माग
Latest NewsJust now

कांग्रेस केन्द्रीय समितिमा भीम पराजुलीले राखे ‘सनातन हिन्दु राष्ट्र’को माग

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीले ‘ओमकार परिवारसहितको सनातन हिन्दु राष्ट्र’ को एजेन्डा अघि सार्नुपर्ने जोडदार माग उठेको छ । बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य भीम पराजुलीले... ...

रातोपाटी
महाधिवेशनका लागि कांग्रेस देउवा समूहले तोक्यो ५ उपसमिति संयोजक
Latest NewsJust now

महाधिवेशनका लागि कांग्रेस देउवा समूहले तोक्यो ५ उपसमिति संयोजक

आगामी २१ देखि २३ मंसिरसम्म हुने १५औँ महाधिवेशन लक्षित तयारी समितिले प्रचार, अतिथि सत्कार, प्रशासन, संस्कृति र स्वास्थ्य समितिको जिम्मेवारी बाँडफाँट गरेको हो । ...

कान्तिपुर
बिहान स्कुल गएका बालबालिका साँझ कहाँ फर्किने ? सुकुम्बासीलाई बोडेबाट पनि उठिबासको त्रास
Latest NewsJust now

बिहान स्कुल गएका बालबालिका साँझ कहाँ फर्किने ? सुकुम्बासीलाई बोडेबाट पनि उठिबासको त्रास

काठमाडौं । बिहानै स्कुल गएका तीन जना बालबच्चा साँझ घर फर्किंदा कहाँ आउलान् ? कसैका बच्चा विद्यालय जान पाएनन् । पटक–पटक बस्ती र विद्यालय सार्दा बालबच्चाको शिक्षामा कस्तो असर पर्ला ? आफूहरू बस्दै आएको ठाउँ खाली गर्नुपरेपछि अब कुन छानामुनि रात बिताउलान् ? साँझ चुल्हो कसरी बल्छ ? यी प्रश्न र समस्या भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रमा आश्रित सुकुम्बासी परिवारका ...

केन्द्रबिन्दु
शीतल निवासमा प्रधानमन्त्रीको २० मिनेट, ‘होल्ड’ अध्यादेशबारे चासो
Latest NewsJust now

शीतल निवासमा प्रधानमन्त्रीको २० मिनेट, ‘होल्ड’ अध्यादेशबारे चासो

काठमाडौँ । सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement