नेपाल आयल निगमले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । हालकै मूल्य कायम गर्दा १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले खुद्रा मूल्य बढाउनुपर्ने देखाएको थियो । चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमको सञ्चालक समितिले साविककै मूल्य कायम गर्ने निर्णय गरेको हो । निगमले आफ्ना डिपो तथा कार्यालयको १५ किलोमिटर परिधिभित्र लागू हुने गरी वर्गअनुसार खुद्रा बिक्री मूल्य निर्धारण गरेको छ ।
घाटा सहेरै आयल निगमले पेट्रोल–डिजेलको मूल्य यथावत् राख्ने

Read Complete Original Article
Published originally on पर्दाफास






