Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Business/घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण

घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण

काठमाडौं, कात्तिक ९ । दशैंअघि सात कारोबार दिनसम्म लगातार बढेको सेयर बजार दशैंपछिको पहिलो कारोबार दिनमा घटेको छ । दशैंपछिको पहिलो दिन सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेको हो । यो अंकको कमीपछि नेप्से २६२९ अंकमा कायम भएको छ । यस्तै सोमवार ९९ कम्पनीको मूल्य बढदा १७१ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । सोमवार कारोबार रकम पनि घटेको छ । यसअघि ४ अर्ब ८८ करोडको कारोबार भएकोमा सोमवार ४ अर्बको कारोवार भयो । सोमवार उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ तथा व्यापार १.११ प्रतिशत बढे । व्यापार समूहको विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढ्दा यो समूह बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा २ कम्पनी यो समूहमा पर्दछन् । पूँजीकरण उच्च भएकाले विशाल बजारले नै समग्र समूहलाई प्रभाव पार्दछ । यसैगरी सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई उचाल्यो । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको ५.८१, सोनापुर सिमेन्टको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्टको ४.४७, सानिमा मिडिल तमोरको ३.८४, सानिगढ हाइड्रोको ३.७८ प्रतिशत मूल्य बढ्यो । सोमवार चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशत घट्यो । महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, गुराँस लघुवित्तको ५.८१, एसियन हाइड्रोपावरको ४.३४, अपोलो हाइड्रोपावरको ४.१६, शुभम् पावरको ४.११ प्रतिशत मूल्य घट्यो । सोमवार धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक, सानिमा मिडिल तमोर क्रमशः अगाडि रहे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

ग्यास बिक्री गर्दा अनिवार्य रुपमा भ्याट बिल जारी गर्न निर्देशन
अर्थतन्त्रJust now

ग्यास बिक्री गर्दा अनिवार्य रुपमा भ्याट बिल जारी गर्न निर्देशन

काठमाडौँ । अब उद्योगहरूले खाना पकाउने ग्यास बिक्री वितरण गर्दा अनिवार्य रुपमा भ्याट बिल जारी गर्नु पर्ने छ । नेपाल आयल निगमले सबै ग्यास उद्योगहरूलाई भ्याट बिल अनिवार्य रुपमा जारी गर्न निर्देशन दिएको हो ।  केही ग्यास उद्योगहरुले ग्राहक र डिलरहरुलाई बिल जारी नगरेको गुनासो आएपछि निगमले यस्तो निर्देशन गरेको हो । निगमले सोमबार सबै एलपीजी ग्यास उद्योगीलाई पत्र पठाउँद… ...

आर्थिक न्यूज
नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका डंगौरा अख्तियारको फन्दामा
अर्थतन्त्रJust now

नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका डंगौरा अख्तियारको फन्दामा

काठमाडौँ / कैलालीको बर्दगोरिया गाउँपालिका४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पद, लाभ र सुविधा लिएको ...

अर्थडबली
भिटामिन ‘ए’ खुवाउने तयारी पूरा, देशभर ५१ हजार स्वास्थ्य स्वयंसेविका परिचालन हुँदै
अर्थतन्त्रJust now

भिटामिन ‘ए’ खुवाउने तयारी पूरा, देशभर ५१ हजार स्वास्थ्य स्वयंसेविका परिचालन हुँदै

काठमाडौँ / सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका ...

अर्थडबली
सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन सुविधा, ७० प्रतिशतसम्म कर्जा पाइने
अर्थतन्त्रJust now

सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन सुविधा, ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ । ग्राहकको वित्तीय आवश्यकता सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play