‘गौँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौं । ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ । अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा कपिल रिजालले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताए । पच्चीस वर्षअघि आफ्ना बुबा डा भोला रिजालले निर्माण गर्नुभएको गीति चलचित्र ‘गौँथली’को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको उनको भनाइ छ । चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्रको जित हो, नेपाली माटोको जित हो भन्नुभएको छ । प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोडमाथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको दाबी गरिएको छ । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील... ...

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
गोरखा, कात्तिक १२ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा... ...

मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबिच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण,... ...

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार : चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी,... ...


