Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गोरखाका किसानको समस्या सुनेपछि गृहमन्त्रीले दिए पुल बनाउने आश्वासन

गोरखाका किसानको समस्या सुनेपछि गृहमन्त्रीले दिए पुल बनाउने आश्वासन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखाका किसानको समस्या सुनेपछि गृहमन्त्रीले दिए पुल बनाउने आश्वासन

गोरखा । सडक र पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा गोरखाको गण्डकी गाउँपालिकाका किसानले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। उत्पादित तरकारीले उचित मूल्य नपाउने र बजारसम्म लैजान नसक्दा बारीमै कुहिने अवस्था रहेको भन्दै स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग गुनासो गरेका छन्। मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसँग स्थानीयले पुल नहुँदा कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्। यातायातको सहज पहुँच नहुँदा तरकारी समयमै बजार पुर्‍याउन नसकिएको र कतिपय अवस्थामा बिक्री नै नभई बारीमै कुहिने गरेको उनीहरूको गुनासो छ। स्थानीयका अनुसार पुलको अभावले कृषि उपजको बिक्री वितरणमा मात्र नभई दैनिक आवागमन र आर्थिक गतिविधिमा समेत असर परेको छ। स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्। पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने उनले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
ताजा खबरJust now

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

रातोपाटी
सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
ताजा खबरJust now

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

नेपालखबर
विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
ताजा खबरJust now

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

कान्तिपुर
एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
ताजा खबरJust now

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play