काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । डिसेम्बर ४ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि घोषित टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रूपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख रहनुभएको छ । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल ‘ए’, थाइल्याण्ड, बहराइन र माल्दिभ्स गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिरिजले नेपाल ‘ए’ टोलीका खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । भुटानले गत सेप्टेम्बरमा मात्रै नेपाल भ्रमण गरेको थियो । जसमा भुटानले गण्डकी प्रदेशसँग दुई र क्यान ११ सँग दुई-दुई गरी कुल चार खेल खेल्दा सबै खेल गुमाएको थियो ।
गेलेफु टी-२० सिरिजका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






