गृह मन्त्रालयले किन गर्यो एन–प्याब्सन निलम्बन ? यस्तो छ कारण

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएका निर्देशन बारम्बार पालना नगरेको तथा स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै एन-प्याब्सनलाई निलम्बन गरेको हो। मन्त्रालयका अनुसार नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट दिइएका निर्देशन पालना नगरेको पाइएको थियो। साथै, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको मन्त्रालयले जनाएको छ। यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूलाई २०८३ भदौ २३ गते छलफलका लागि बोलाएको थियो। छलफलपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ जेठ १२ गते जारी निर्देशनबमोजिम काम गर्न आग्रह गरिएको थियो। तर, उक्त आग्रहसमेत पालना नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन उल्लङ्घन गरेको आधारमा सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गरेको हो। निलम्बनसँगै संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ। निलम्बन अवधिमा संस्थाको नाम प्रयोग गरी गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्ष प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ...

‘चौथो तिहार फ्लोरा एक्स्पो’ १७ कात्तिकमा, १ करोड कारोबार अपेक्षा
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा १७ देखि २१ कात्तिकसम्म पाँच दिने राष्ट्रियस्तरको पुष्प प्रदर्शनी तथा मेला हुन लागेको हो । ...

पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ
झण्डै दुई मिनेटको कुराकानीमा गृह प्रवक्ता काफ्ले पटक–पटक आफूलाई ‘जानकारी नरहेको नभन्ने, तर थप बुझ्नुपर्ने’ शब्द मात्रै दोहोर्याइरहे । ...

डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा
पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...


