गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा जुटेका छन् । केही वर्षअघि नै अदालती विवाह गरेका गुरुङले अब परम्परागत विधिअनुसार वैवाहिक समारोह आयोजना गर्न लागेका हुन् । गृहमन्त्री निकट स्रोतका अनुसार यही मंसिर १७ वा १८ गते विवाह गर्ने तयारी छ । यद्यपि, विवाहको मिति भने टुंगो लागिसकेको छैन । दुवै पक्षका परिवारको उपस्थितिमा गुरुङको गृहजिल्ला गोरखामा विवाह समारोह आयोजना गर्ने तयारी भइरहेको छ । बिहीबार निवासमै पुगेर गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विवाहको निम्तो दिइसकेको बताइएको छ ।&...
गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा, गोरखामा हुनेछ वैवाहिक समारोह

Read Complete Original Article
Published originally on फरकधार






