गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही परम्पराअनुसार दसैंको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्दछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले... ...

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर
बनेपा । बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा... ...

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए
काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। गत प्रतिनिधि सभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्। यो गत चैत २२ ...
![मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]](https://hamrakura.com/uploads/news/images/beltodi-dhanusha.jpg)
मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज ‘बेलतोडी’ विधि सम्पन्न भएको छ । ...


