गुल्मीकाे अर्वेनी दभौखानीमा स्कारपियो दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

सज्जन ढकाल/ गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ,अर्बेनी दभौखानीमा पिक अप स्कारपियो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रदेशको BAA 0220 नम्बरको महेन्द्र कम्पनीको स्कारपियो दभौखानीबाट स्याङ्जाको वालिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त गाडी सडकबाट करिब लगभग २५० मिटर तल खसेको छ। दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटना हुनुको कारण, मृतकहरूको पहिचान तथा अन्य सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
गण्डकी – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग सोमबार भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रसँग […] ...

अमेरिकी मतदाता तथ्याङ्कमा क्लाउड एआईको अनधिकृत पहुँच
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो । एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा ...

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे
काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् । उनले कांग्रेसको प्रजातान्त्रिक घर निर्माणका क्रममा धेरै व्यक्तिले ज्यान गुमाएको […] ...

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने... ...


