Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु
Photo / Coverage: टेक्नोलोजी खबर

फिनल्यान्डको उत्तरी क्षेत्रमा निर्माण गर्न लागिएको गुगलको डाटा सेन्टरका लागि वन क्षेत्र सफा गर्ने क्रममा वातावरणसम्बन्धी कानुन उल्लङ्घन भएको आशंकामा प्रहरीले बिहीबार आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। यो परियोजना गुगलको मातृ कम्पनी अल्फाबेटले गत महिना घोषणा गरेको फिनल्यान्डमा कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजनाको हिस्सा हो। अमेरिकी कम्पनी गुगलले यसलाई युरोपमा आफ्नो अहिलेसम्मकै ठूलो लगानी भनेको छ। अधिकारीहरूका अनुसार अल्फाबेटको सहायक कम्पनी टुइके फिनल्यान्डले मुहोस सहरनजिकै प्रस्तावित डाटा सेन्टर निर्माणस्थलमा फिनल्यान्डको कानुनअनुसार आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन पूरा हुनुअघि नै वन क्षेत्र सफा गर्ने र पानी निकासको काम गरेको थियो। गुगलका प्रवक्ताले कम्पनीले प्रहरीको अनुसन्धानमा सहयोग गर्ने र आफ्ना निर्माणस्थलमा कानुन तथा नियमको पालना सुनिश्चित गर्न ध्यान दिने बताएका छन्। पानी निकास र व्यवस्थापनबारे प्रहरी अनुसन्धान “कम्पनीको गतिविधिले जलसम्बन्धी कानुन उल्लङ्घन गरेको र वातावरणमा क्षति पुर्‍याएको छ कि छैन भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,” प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट कारी पाकानेनले रोयटर्सलाई बताए। उनले दोषी ठहर भए कम्पनीलाई जरिवाना हुन सक्ने पनि बताए। पाकानेनले अनुसन्धानका क्रममा कुनै व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने हो वा होइन भन्नेबारे बताउन अस्वीकार गरे। प्रहरीका अनुसार प्रारम्भिक जानकारीले टुइकेको निर्माणस्थलमा पानी निकास र व्यवस्थापनसम्बन्धी काममा अस्पष्टता र कमजोरी देखाएको छ। प्रहरीले डिसेम्बरमा अनुसन्धानबारे थप जानकारी दिने जनाएको छ। तर अनुसन्धान सन् २०२७ सम्म जारी रहनेछ। साइबरन्युजका अनुसार अक्टोबर ६ मा वातावरणीय अनुमति र मूल्याङ्कनको निगरानी गर्ने फिनल्यान्डको सुपरभाइजरी एजेन्सी (एलभीभी) ले मुहोस र अर्को छुट्टै स्थानमा वातावरण परिवर्तन हुने खालका प्रारम्भिक काम रोक्न गुगललाई आदेश दिएको थियो। डाटा सेन्टर निर्माणस्थलमा काम पुनः सुरु गर्न आवश्यक अनुमति दिने वा नदिने निर्णय नियामक निकाय एलभीभीले गर्ने पाकानेनले बताए। एलभीभीका प्रवक्ताले आवश्यक अनुमति दिन कति समय लाग्न सक्छ भन्ने स्पष्ट नभएको बताएका छन्। गुगलका प्रवक्ताले भने, “हामीले एक दशकभन्दा बढी समयदेखि फिनल्यान्डको सरकार र स्थानीय समुदायसँग पूर्वाधार निर्माणका विषयमा नजिकबाट सहकार्य गर्दै आएका छौँ। एलभीभी र अन्य सरकारी निकायबाट आएका प्रश्नहरूको जवाफ दिन पनि हामी सक्रिय रूपमा काम गरिरहेका छौँ।” The post गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत
TechnologyJust now

गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत

आर्थिक वर्ष २०८२/८३ मा जनसंख्याको आधारमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ प्रतिशत पुगेको छ भने ब्रोडव्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत रहेको छ। यसमध्ये फिक्स्ड ब्रोडव्याण्ड सेवाको घनत्व ५३.५५ प्रतिशत, थ्रीजी को घनत्व २.५७ प्रतिशत र फोरजी को घनत्व ९२.५२ प्रतिशत गरी मोबाइल ब्रोडव्याण्डको कुल घनत्व ९५.०९ प्रतिशत पुगेको छ। यो आँकडा हालै प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। दूरसञ्चार सेवाको बजारको हिस्सालाई ...

टेक्नोलोजी खबर
क्लाउड कम्युनिकेसन सेवा प्रदायकहरू डिजिटल नेटवर्क्स एक्टको विरोधमा किन भए एकजुट?
TechnologyJust now

क्लाउड कम्युनिकेसन सेवा प्रदायकहरू डिजिटल नेटवर्क्स एक्टको विरोधमा किन भए एकजुट?

क्लाउड कम्युनिकेसन र कम्युनिकेसन प्लेटफर्म एज सर्भिस (सीपीएएएस) सेवा उपलब्ध गराउने प्रमुख कम्पनीहरूको समूह युरोपेली संघ (ईयू) को डिजिटल नेटवर्क्स एक्ट (डीएनए) सम्बन्धमा आफ्नो सामूहिक धारणा सार्वजनिक गर्न एकजुट भएको छ। कोलिसन अफ इनोभेटर्स इन कम्युनिकेसन (सीआईसी) नामक यस समूहको उद्देश्य क्लाउड कम्युनिकेसन, सीपीएएएसलगायतका क्षेत्रमा सीमापार सेवा सञ्चालन गर्न सहज हुने एकल बजारको पक्षमा पैरवी गर्नु हो। यसमा कम्युनिकेसनसम्बन्धी ठगी पहिचान ...

टेक्नोलोजी खबर
एन्ड्रोइड फोनको सुरक्षामा नयाँ जोखिम: एउटा मेसेजले तपाईको फोन पूर्ण रूपमा बन्द गराउन सक्छ
TechnologyJust now

एन्ड्रोइड फोनको सुरक्षामा नयाँ जोखिम: एउटा मेसेजले तपाईको फोन पूर्ण रूपमा बन्द गराउन सक्छ

एन्ड्रोइड फोनको सुरक्षामा नयाँ जोखिमपूर्ण समस्या फेला परेको छ। एसएमएस अफ डेथ नाम दिइएको उक्त समस्याका कारण एउटा सामान्य टेक्स्ट मेसेजमार्फत फोन पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुग्न सक्ने छ। उक्त समस्या सुरक्षा अनुसन्धानकर्ता मार्क ब्लास्जिकले पत्ता लगाएका हुन्। उनका अनुसार विशेष तरिकाले तयार पारिएको मेसेजले कल व्यवस्थापन गर्ने सिस्टमलाई नै बन्द गराउन सक्छ। यसले इमर्जेन्सी नम्बरमा गरिने कलसमेत अवरुद्ध गर्न ...

टेक्नोलोजी खबर
अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट
TechnologyJust now

अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट

सोमबारदेखि नयाँ कारोबार महिना सुरु हुँदैछ। अक्टोबरको अन्तिम कारोबार दिनमा ठूलो गिरावट बेहोरेपछि धेरै लगानीकर्ताले नयाँ महिनाको सुरुवातलाई स्वागत गर्ने अपेक्षा गरिएको छ। यस वर्ष प्रविधि क्षेत्रको सेयर बजारमा देखिएको वृद्धिको फेरि परीक्षण हुँदा शुक्रबार नास्ड्याक कम्पोजिट सूचकाङ्कमा जुन महिनायताकै सबैभन्दा ठूलो गिरावट आएको छ। चिप निर्माता कम्पनी इन्टेल र सामाजिक सञ्जाल कम्पनी रेडिटको सेयर मूल्य २९ प्रतिशतले घट्यो। त्यस्तै, कृत्रिम बुद्धिमतासम्बन्धी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play