Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा
Photo / Coverage: पर्दाफास

बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो । खेलमैदानको अभाव, सीमित स्रोतसाधन र पर्याप्त सरकारी लगानी नहुँदा पनि बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल)ले क्रिकेटप्रति थप आकर्षण जगाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिताको विस्तार हुँदै गएको छ । बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियामा १८ वटा टोलीले नाम दर्ता गरी प्रतिस्पर्धामा उत्रिएका थिए । मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बन्यो । खेतमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीले उत्कृष्ट प्रदर्शन गरे । सामान्य मानिएका टोलीले समेत प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपछि दर्शक उत्साहित बने । गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै सिकेको क्रिकेटले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आयोजकको भनाइ छ । क्रिकेट संयोजक चक्रजङ्ग रोकाया भन्छन्, ‘हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो । सामान्य भनिएका टोलीले उत्तिकै राम्रो प्रदर्शन गरे । यो नै हामी आयोजकका लागि सफलता हो ।’ स्थानीयस्तरमा क्रिकेट प्रतियोगिता आयोजना भएपछि गाउँका युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । खेलप्रतिको रुचि र सहभागिता बढ्दै जाँदा आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास आयोजकले गरेका छन् । बाँस्काटियामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को प्रतियोगिता आयोजना भयो । जिम्माल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए । प्रतियोगितामा विजेताका लागि एक लाख ५० हजार राशिको पुरस्कारको व्यवस्था गरिएको थियो भने उपविजेताले ४० हजार प्राप्त गरेका थिए । आकर्षक पुरस्कार र स्थानीय युवाको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो । जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन् । ‘वडास्तरीय प्रतियोगितामा वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन् । यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी हुन्छौँ । त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ । यहाँ नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा भएको छ,’ उनले भने । स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा स्थापित गर्न सहयोग पुगेको छ । नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ । गाउँगाउँमा फैलिँदै क्रिकेटको लहरदसैँ, तिहार र छठ पर्वको अवधिभर बझाङ जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन् । पहिले निश्चित ठाउँमा सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीहरूमा समेत फैलिँदै गएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाका बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय भने गाउँ गाउँमा प्रतियोगिता हुन थालेका छन् । ‘सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन् । यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,’ उनले भने । स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि क्रिकेटको पहुँच ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको छ । खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको उनले बताए । एनपीएलपछि गाउँमा थप उत्साहनेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ । एनपीएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ । बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना हुने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ । स्थानीय तहको खेलकुद शाखाले सहयोग गर्न थालेपछि विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो । मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवम् शिक्षा अधिकृत पृथुराज जोशी स्थानीयस्तरमा प्रतिभावान् खेलाडी हुन सक्ने भएकाले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउँछन् । ‘हाम्रा गाउँमा पनि प्रतिभावान खेलाडी हुन सक्छन् । उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,’ उनले भने । उनका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ । स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुँदा खेलाडीले आफ्नो क्षमता देखाउन पाउनाका साथै खेलप्रति समुदायको रुचि बढ्दै गएको छ । एनपीएलमा विभिन्न जिल्लाका खेलाडीले फरक फरक टोलीबाट खेल्ने अवसर पाएपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रति आकर्षण बढेको छ । राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिताले गाउँका युवालाई क्रिकेटमा भविष्य खोज्न प्रेरित गरेको छ । पिठातोला लायन्स किङ कोब्रा टोलीका खेलाडी कपिल जोशीका अनुसार एनपीएलपछि गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो । ‘पहिले हामीलाई क्रिकेटप्रति खासै चासो हुँदैनथ्यो । एनपीएल सुरु भएपछि जताततै खेल हुन थाले । विभिन्न जिल्लाका राम्रा खेलाडीले पनि विभिन्न टोलीबाट खेल्ने अवसर पाए । त्यसपछि गाउँगाउँमा पनि क्रिकेट प्रतियोगिता हुन थाले,’ उनले भने । खेलमैदानको अभाव, खेतबारीमै प्रतिभाक्रिकेटप्रतिको आकर्षण बढ्दै गए पनि बझाङका विभिन्न गाउँमा व्यवस्थित खेलमैदानको अभाव छ । क्रिकेट खेल्न आवश्यक मैदान, पिच तथा अन्य पूर्वाधार नहुँदा खेलाडीले खेतबारी र खुला चौरमै अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ । कपिल जोशीका अनुसार क्रिकेटका लागि जिल्लाका गाउँमा पर्याप्त मैदान छैनन् । सरकारले पनि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त लगानी गर्न सकेको छैन । ‘क्रिकेटका लागि कुनै ठाउँमा पनि व्यवस्थित मैदान छैन । सरकारले पर्याप्त लगानी गरेको छैन । तैपनि गाउँगाउँका प्रतिभा खेतमा देखिन थालेका छन् । यो सुखद पक्ष हो,’ उनले भने । बझाङका गाउँमा परम्परादेखि भलिबल र देउडा सांस्कृतिक तथा खेलकुद गतिविधिका अभिन्न अङ्गका रूपमा रहँदै आएका छन् । गाउँका मेला, पर्व र उत्सवमा भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना हुने चलन अझै पनि छ । पछिल्लो समय भने क्रिकेट र ब्याडमिन्टनजस्ता खेलले ग्रामीण क्षेत्रमा प्रवेश पाएका छन् । यसले गाउँका मेला तथा पर्वलाई थप विविध र आकर्षक बनाएको छ । खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकाया ‘अक्षर खेती’का अनुसार बझाङका विभिन्न स्थानका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै हुने गरेको छ । अहिले त्यससँगै क्रिकेट र ब्याडमिन्टनले स्थान पाउन थालेका छन् । ‘बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै छ । तर, अहिले क्रिकेट र ब्याडमिन्टनले प्रवेश पाएको छ । विभिन्न खेल आयोजना हुँदा मेला रोमाञ्चक बन्न थालेका छन्,’ उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने
OthersJust now

बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ। भेटघाटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न […] ...

मकालु खबर
अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना
OthersJust now

अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

पर्दाफास
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
OthersJust now

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट । ...

अनलाइन खबर
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
OthersJust now

जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार

१० मंसिर, पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ पोखराका सरकारी कार्यालयहरु र निजी व्यापारिक प्रतिष्ठानमा लागेको आगो दन्किरहेकै थियो । साँझसम्म १९ वर्षीय विवश घर्तीमगर, ३२ वर्षीय रमेश शर्मा, दिपेश परियार, सौरव जैसवाललगायतलाई प्रहरीको गोली लागेको खबर सार्वजनिक भएको थियो । २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीकै गेटमा ठूलो भीड… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement