काठमाडौं । वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँप्रति किलो पुगेको छ । भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँप्रति किलो बढेको मैदा मिल संचालकहरुले बताएका छन् । गहुँको मूल्यवृद्धि भएसँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरु संचालनमा कठिनाई भैरहेको नेपाल फ्लोर मिल एशोसिएशनले जनाएको छ । अहिले आफूहरुसँग करिब एक महिनाका लागि गहुँ मौज्दात रहेकाले तत्कालै समस्या नआउने नेपाल फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकास बेगवानीले जानकारी दिए । उनले भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँको विक्री खुला नगरे सम्म गहुँको मूल्य नघट्ने बताए । भारत सरकारले करिब दुई महिनाअघि २४ अगस्त २०२६ देखि गहुँको कोटा हटाएकोले गहुँ आयात गर्न भने समस्या नरहेको एशोसिएशनले जनाएको छ । नेपालमा नयाँ गहुँ आउन चैत्र मध्य सम्म कुर्नुपर्ने भएकाले गहुँबाट बन्ने खाद्यमा मूल्यवृद्धि हुन सक्ने बताइएको छ । गहुँ अभावमा अहिले नेपालका फ्लोर मिलहरु ५० प्रतिशत क्षमतामा संचालन भैरहेको छ ।
गहुँको मूल्य बढ्याे

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






