गम्भीर तनावमा रहेको भन्दै इस्टुले मागिन् माफी र सहयोग

काठमाडौं । चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्कीले आफू पछिल्लो समय गम्भीर मानसिक तनावबाट गुज्रिरहेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरेकी छन्। उनले आफूलाई कसैले दुःख दिइरहेको र ब्ल्याकमेलिङ गरिरहेको हुन सक्ने संकेत गरेकी छन्। टिकटक लाइभमा भावुक हुँदै उनले केही दिनयता आफ्नो जीवनमा अनौठा घटना भइरहेको बताएकी छन्। आफूलाई यस्तो अवस्थामा पुर्याउनुको कारण बुझ्न नसकेको बताउँदै उनले सम्बन्धित व्यक्तिलाई आफूबाट कुनै गल्ती भएको भए माफी दिन आग्रह गरेकी छन्। उनले आफूबाट गल्ती भएको भए माफी माग्न र आवश्यक परे कानुनी सजायसमेत भोग्न तयार रहेको बताउँदै मानसिक यातना नदिन अपिल गरेकी छन्। लाइभका क्रममा उनले आफू अत्यन्तै पीडामा रहेको र जीवनप्रति निराश महसुस गरिरहेकोसमेत बताएकी छन्। इस्टुले आफ्नो भिडियोमार्फत विगतमा आफूबाट कसैको चित्त दुखेको भए सबैसँग माफी मागेकी छन्। यद्यपि, आफूलाई कसले र किन यस्तो व्यवहार गरिरहेको छ भन्नेबारे उनले स्पष्ट खुलाएकी छैनन्। निकटस्थका अनुसार इस्टु पछिल्लो समय तनावमा थिइन्। उनले हालै सञ्चालनमा ल्याएको क्याफे पनि दशैंयता बन्द रहेको बताइएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री
काठमाण्डु– सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू […] ...

काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू
काठमाडौँ। महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ । कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार, निर्देशक र विज्ञहरूको सहभागिता रहनेछ। काठमाडौंको मौलिक... ...

समाचार कक्षमा प्रहरी किन?
आज (१३ कात्तिक) दिउँसो सादा पोसाकका प्रहरी नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालय पुगे। सुरक्षागार्डलाई साथी भेट्न आएको बताएर भित्र पसेका उनीहरूले काम गरिरहेका पत्रकार विश्वमणि सुवेदीलाई आफूसँग जान भने। त्यहाँका पत्रकारहरूका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएका थिएनन्। सुवेदी आफैँ मोटरसाइकलमा जान तयार हुँदा पनि उनलाई प्रहरीको गाडीमा राखेर लगियो। पछि उनी साइबर ब्युरोमा पुर्याइएको खुल्यो। पत्रकारसँग कुनै विषयमा सोधपुछ गर्नुपर्ने ...

सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते
सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो । ...


